• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितलाई घरमै अक्सिजन दिन मिल्छ? आवश्यकभन्दा बढी वा कम भए के असर गर्छ?

रिता लम्साल शुक्रबार, जेठ ७, २०७८  ०८:०१
1140x725

काठमाडौं– ‘दिदीलाई होम आइसोलेसनमा राखेको छु, मसँग दुईवटा अक्सिजन सिलिण्डर छ, एउटा घरमा दिदीले अक्सिजन लिइरहनु भएको छ, अर्को यहाँ रिफिलिङका लागि लाइनमा राखेको छु।’ केही दिनअघि बालाजु औद्योगिक क्षेत्रमा रहेको शंकर अक्सिजन ग्यास प्रालिमा भेटिएका एक पुरुषले हामीसँग भनेका थिए।ती पुरुषजस्तै होम आइसोलेसनमा रहेका बिरामीका लागि अक्सिजन लिन खाली सिलिण्डर लिएर उद्योगमै पुग्नेहरुको भिड थियो।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा आइसोलेसन, एचडीयू तथा आईसीयू बेडको अभाव समेत देखियो। अस्पतालहरुमा बेड अभाव भएपछि धेरै संक्रमितहरु घरमै छन्। स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने संक्रमित समेत अक्सिजन अभावका कारण घरमा नै आफैं अक्सिजनको व्यवस्थापन गरेर बसेको पाइएको छ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका आफन्तहरु उद्योगमै घण्टांैसम्म लाइनम बसेर अक्सिजन लिएर गएको कुराले पनि यसलाई पुष्टि गर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार बिहीबार देशभर १ लाख १५ हजार ८५२ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये १ लाख ८ हजार ३८ जना संक्रमित होम आइसोलेसनमा छन्। 

होम आइसोलेसनमा रहेका कतिपय बिरामीहरुलाई उनका आफन्तले अक्सिजन दिएरै राखेका छन्। तर होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको परामर्शविना अक्सिजन दिँदा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्।

ह्याम्स अस्पतालका पल्मोनोलोजिष्ट डा राजु पंगेनीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई विश्व स्वास्थ्य संगठनले नै गम्भीर अवस्था मान्ने भएकाले अक्सिजन आवश्यक पर्ने बिरामीलाई घरमा राख्न नहुने बताए। ‘अक्सिजन चाहिने अवस्था भनेको सिभियर केस हो, अक्सिजन चाहिने कोरोना संक्रमितलाई सिभियर कोभिड भनेर वर्गीकरण गरिएको छ,’ डा पंगेनीले भने, ‘यस्ता बिरामीलाई घरमै राखेर अक्सिजन दिएर मात्र निको हुँदैन, सिभियर बिरामीलाई त अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ।’

उनले आजभोलि अस्पतालमा नै अक्सिजन अभाव भइरहेको घटनाले गर्दा बिरामीहरु अस्पताल नगइ अक्सिजनको व्यवस्थापन गरि घरमै बस्ने गरेको सुनाए। गम्भीर अवस्थाका कोरोना संक्रमितलाई घरमा अक्सिजन दिएर मात्र निको नहुने डा पंगेनीले बताए।

‘अक्सिजन भनेको कोभिडको विभिन्न उपचार पद्धतिमध्ये एउटा उपाय मात्र हो। अक्सिजन मात्र लिएर कोभिड निमोनिया तथा अन्य जटिलताहरु निको हुँदैन,’ डा पंगेनीले भने, ‘अरु औषधि पनि गर्ने र अक्सिजन पनि दिने गर्दा औषधिले काम नगर्दासम्म अक्सिजन सपोर्टिभ उपचार हो। तर अक्सिजन मात्रै दिएर कोभिड निको हुने होइन।’

डा पंगेनीले श्वासप्रस्वासको दीर्घ रोग सीओपिडी तथा दमका बिरामीलाई धेरै अक्सिजन दिँदा कार्वनडाइअक्साइड फोक्सोमै जमेर बसेको र अझै समस्या बढेको अध्ययनहरुले देखाइसकेको समेत बताए। उनले कोरोना  संक्रमितलाई पनि आवश्यकता भन्दा बढी अक्सिजन दिँदा शरीरमा नकारात्मक असर पर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘कोभिडका बिरामीलाई पनि आवश्यक पर्ने भन्दा बढी अक्सिजन दिँदा फोक्सोलाई हानी गर्न सक्छ,’ उनले भने, ‘अक्सिजन लेबल ९६ प्रतिशत भन्दा बढी दिएमा हानी गर्ने अध्ययनहरुले देखाएको छ, चाहिने भन्दा बढी अक्सिजन लिँदा फोक्सोलाई झनै हानी गर्छ।’

उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानी नहुने हुँदा अक्सिजन आवश्यक पर्ने बिरामीलाई अस्पतालमै लैजान उपयुक्त हुने बताए।

‘कोभिडका बिरामीलाई अक्सिजन दिँदा निगरानी पनि गर्नुपर्छ, अक्सिजनको मात्रा हेरिरहनु पर्छ,’ उनले भने, ‘तर, त्यो निगरानी गर्न नसक्ने व्यक्तिले आफ्नो आफन्तलाई अक्सिजन दिँदा धेरै वा कम अक्सिजन जानसक्छ, जसले गर्दा झनै समस्या बढ्नसक्छ।’

नेपाल प्रहरी अस्पतालका पल्मोनोलोजिष्ट डा मनोज यादवका अनुसार घरमै रहेका सिओपिडी तथा दमका बिरामीलाई चिकित्सकहरुले अक्सिजन सिफारिस गर्ने गरेका छन्। यसरी घरमा नै अक्सिजन दिएर राख्नुपर्ने अवस्थाका दमका बिरामीलाई लो फ्लो मा अक्सिजन दिइन्छ।  त्यस्ता बिरामीलाई प्रति मिनेट बढीमा ३ लिटर मात्र अक्सिजन दिए पुग्छ। यस्ता बिरामीलाई २४ सै घण्टा अक्सिजन भने दिनु पर्र्दैन। श्वासप्रश्वासमा कठिनाइ हुँदा वा रातको समयमा मात्र अक्सिजन दिन चिकित्सकहरुले सुझाव दिने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दीर्घ दमका बिरामीलाई ‘लङटर्म’ अक्सिजन थेरापीका लागि चिकित्सकले सिफारिस गर्ने गरेको भएपनि आजभोलि होम आइसोलेसनमा रहेका कतिपय कोरोना संक्रमित समेत घरमै अक्सिजन सपोर्टमा बस्न थालेको डा यादवको भनाइ छ।

उनका अनुसार अक्सिजनको कमी भएर श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई तत्काल अक्सिजन सिलिण्डर मार्फत अक्सिजन दिनु राम्रो कुरा हो। तर  कोरोना संक्रमितलाई घरमै अक्सिजन मात्र दिएर राखिरहनु भने सहि निर्णय होइन। ‘९३ प्रतिशत भन्दा कम मात्रामा अक्सिजन भएको बिरामीलाई अस्पतालमा आउन भन्छौं र अक्सिजन सपोर्टमा राख्छौं, उनीहरुलाई कति मात्रा अक्सिजन दिँदा लेबल ठिक हुन्छ भनेर निरन्तर निगरानी गरिरहेका हुन्छौं,’ उनले भने, ‘अहिले हामीले सिकिस्त बिरामीलाई भेन्टिलेटरमा भएको अवस्थामा ९० देखि ९२ प्रतिशत भएमा हामी खुसी हुन्छौं। तर घरमै अक्सिजन दिएर मात्र त हुँदैन।’

 

बिरामीलाई आवश्यकता भन्दा बढी वा कम अक्सिजन दिँदा फोक्सोले काम नै गर्न नसक्ने गरी विग्रन सक्ने डा यादवले बताए। ‘बिरामीलाई चाहिने भन्दा बढी मात्रामा अक्सिजन दिँदा संक्रमितको बिरामी फोक्सोले दिइएको सबै अक्सिजन लिन सक्दैन, र अक्सिजन खेर जान्छ,’ डा यादवले भने, ‘यस्तै बढी मात्राको अक्सिजनले त्यो फोक्सोलाई विस्तारै हानी गर्छ।’

अक्सिजन बढी दिँदा फोक्सोमा मात्र नभइ आँखामा समेत असर पर्ने डा यादवले बताए। ‘फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ,’ उनले भने, ‘‘बिरामीलाई चाहिने भन्दा बढी अक्सिजन दिँदा फोक्सोमा नकारात्मक असर गर्छ नै यसले बिरामीको आँखामा अन्धोपनको समस्या समेत निम्तिन सक्छ।’ 

डा यादवले कोरोना संक्रमितलाई चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श बिना घरमै अक्सिजन दिएर राख्न नहुने बताए। ‘घरमै अक्सिजन दिँदा पल्स अक्सिमिटरले अक्सिजनको मात्रा हेरिरहनुपर्छ र सोही अनुसार अक्सिजन दिनुपर्ने हुन्छ, अक्सिजन कति दिने भन्ने हेर्नुपर्छ,’ उनले भने, ‘सामान्य व्यक्तिलाई यो विषयमा जानकारी नहुन सक्छ, त्यसैले स्वास्थ्यकर्मीको निगरानी वा परामर्श बिना घरमै अक्सिजन दिन उपयुक्त हुँदैन।’

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्