काठमाडौं- लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा बिहीबारदेखि १५ श्ययाको कोभिड एचडियू वार्ड मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पतालमा सञ्चालनमा आएको छ।
काेराेनाका बिरामीहरुले लागि नि:शूल्क रुपमा सेवा दिन दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप् मेशिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए।
काेराेनाको दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेकोले अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु एचडियू वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमाडौं समर्पणका उपाअध्यक्ष लभेन्द्रसिंह मल्लले जानकारी दिए।
अहिलेको संकटपूर्ण घडीमा सबैले आ–आफ्नो स्थानबाट काेराेनासँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्यसमेत भइरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।