फाइल तस्वीर
काठमाडाैं- पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप एक हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार १० जिल्लामा पछिल्लो २४ घण्टामा तीन हजार २७७ जनाको नमुना परीक्षण गर्दा एक हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको हाे।
पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९ र पर्वत १८ संक्रमित थपिएका छन्।
यता, म्याग्दी २१ जना, मुस्ताङका १, तनहुँ ९३, गोरखा १५६, लमजुङ १६ र नवलपुरका ९४ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ४३३ जना संक्रमणमुक्त भएका छन्।
याेसँगै संक्रमणमुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ।
गण्डकीमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७४ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।