काठमाडौं - पछिल्लाे २४ घण्टामा देशभर ८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै, एन्टिजेन विधिबाट गरिएको ३ सय ९२ परीक्षणमा ७८ जनामा पोजिटिभ देखिएको छ। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ।
पछिल्लाे२४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, ओखलढुंगामा ७९, खोटाङमा २४, झापामा ६४ र ताप्लेजुङमा ८ संक्रमित थपिएका छन्।
यस्तै, तेह्रथुममा २, धनकुटामा ४४, पाँचथरमा ६, भोजपुरमा १७, मोरङमा ४५०, संखुवासभामा १४, सुनसरीमा १२९ र सोलुखुम्बुमा ५ संक्रमित थपिएका छन्।
प्रदेश २ को धनुषामा १९५, पर्सा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ६ सय जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२५, चितवनमा एक सय, दोलखामा ६७, धादिङमा ५६, नुवाकोटमा २५ र भक्तपुरमा २२९, जनामा संक्रमण पुष्टि भएकाे छ।
बागमती कै मकवानपुरमा १३, रामेछापमा ४, ललितपुरमा ४०३, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ४६ जना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेशको कास्कीमा २०१, गोरखामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वतमा २०, मुस्ताङमा १, म्याग्दीमा ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्युठानमा ४, बर्दियामा २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५२० र रोल्पामा ३ जना संक्रमित थपिएका छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्लामा १७, दैलेखमा ४४, रुकुम पश्चिमा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, बाजुरामा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।