फाइल तस्वीर
काठमाडौं- पछिल्लाे २४ घण्टामा देशभर साढे ६ हजार जना काेराेना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ६६ हजार ९४६ पुगेकाे छ।
यस्तै, पछिल्लाे २४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको हो।
एन्टिजेन विधिबाट गरिएको ३ सय ९२ परीक्षणमा ७८ जनामा पोजिटिभ देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।