काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार २३२ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी तीन हजार २३२ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका दुई हजार ६ सय रहेका छन्। यस्तै, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडाैं उपत्यकामा सक्रिय संक्रमितकाे संख्या ३६ हजार पुगेकाे छ।
मन्त्रालयका अनुसार काठमाडाैंमा २४ हजार ३८९ सक्रिय संक्रमित रहेका छन्। यस्तै, भक्तपुरमा चार हजार ७८६ र ललितपुरमा ६ हजार ८९५ सक्रिय संक्रमित रहेका छन्।
यस्तै, काठमाडाैंमा १ लाख ७२ हजार १ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य १ लाख ४६ हजार २८६ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै, एक हजार ३२६ जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
भक्तपुरमा हालसम्म १७ हजार ५१८ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य १२ हजार ४७६ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै, २६२ जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
यस्तै, ललितपुरमा २९ हजार २५५ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य २२ हजार १३ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै, ३४७ जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।