काठमाडौं– नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ६९५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसीआर परीक्षणबाट ८ हजार २२७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा देशका विभिन्न ठाउँमा ३९२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।