काठमाडौं- टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका खड्काको बिहीबार दिउँसो निधन भएको उनका व्यावसायिक साझेदार दुर्गा प्रसाईंले पुष्टि गरे।
उनले नेपालमै पहिलो पटक क्यान (वियरको बोतल)उत्पादन गर्ने तयारी गरिरहेका थिए। खड्काको श्रीमतीको पनि २० दिनअघि कोभिडकै कारण ज्यान गएको थियो।
युनाइटेड ब्रुअरीमार्फत् उद्योग व्यवसाय शुरु गरेका खड्काले ६ वर्ष अघि बुटवलमा टाइगर ब्रुअरी स्थापना गरेका थिए। बिजनेस पार्टनर प्रसाईंका अनुसार क्यान उत्पादनका लागि उद्योग स्थापनाको एलसीसमेत खोलिसकिएको थियो।
खड्काले एक वर्षअघि मात्र व्यावसायिक साझेदारीको रुपमा प्रसाईंलाई भित्र्याएका थिए। प्रसाईं भित्रिएसँगै मार्सी वियर र विभिन्न इनर्जी ड्रिंक्स उत्पादनको तयारी भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।