• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के निमोनिया विरुद्धको खोपले कोरोना भाइरसका कारण हुने निमोनियाबाट बचाउँछ?

‘निमोनियाको खोप ब्याक्टेरिया विरुद्धको हो, कोभिडमा भाइरल निमोनिया हुन्छ’
कमला गुरुङ बिहीबार, जेठ ६, २०७८  १०:२४
1140x725

काठमाडौं - ‘निमोनिया विरुद्धको खोपले कोरोना भाइरसले गराउने निमोनियाबाट बचाउँछ?’ छातिरोग विशेषज्ञ डा निरज बमलाई अहिले धेरैजसोले सोधिरहने प्रश्न हो यो। बिरामीले प्रत्यक्ष रुपमा भेट्दा होस् या टेलिफोन सम्पर्कबाट उनलाई दैनिकजसो यो प्रश्न सोधिरहन्छन्।

बिरामीको यो प्रश्नमा डा बमको एउटै जवाफ हुन्छ, ‘निमोनिया विरुद्धको खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।’

निमोनिया विरुद्ध लगाउने खोप र कोरोना भाइरसले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको उनी बताउँछन्। ब्याक्टेरियाले गराउने निमोनियाका लागि मात्र खोपले काम गर्ने उनले बताए। 

उनी भन्छन्, ‘निमोनियाका लागि अहिले भनएिको जुन खोप छ त्यसले ब्याक्टेरियल निमोनियाका लागि काम गर्ने हो। कोरोनाले गराउने निमोनिया भनेको भाइरल निमोनिया हो। त्यसैले यो खोपसँग यसको कुनै सम्बन्ध छैन।’

ब्याक्टेरियाले गराउने र कोरोना भाइरसले गराउने निमोनिया फरक प्रकृतिको भएको उनले बताए। उनले भने, ‘अहिले यो विषयमा धेरैको जिज्ञासा रहेछ। मलाई धेरैले यो प्रश्न गरिरहनुहुन्छ। कतिले त आफूखुशी खोप लगाएर पनि आएका हुन्छन्।’

सामान्यतया निमोनिया भनेको फोक्सोमा हुने कुनै पनि किसिमको संक्रमण हो। त्यो संक्रमण सधैँ एउटै कारणले हुँदैन। ब्याक्टेरियल, भाइरल र फंगसका कारणले फोक्सोमा संक्रमण भइ निमोनिया हुन सक्छ। 

निमोनिया हुनुको कारण र प्रकृति फरक हुने भएकाले उपचार विधि र यसमा लगाइने खोप पनि फरक हुन्छन्। तर अहिले कोरोना संक्रमितको मृत्युको प्रमुख कारण भाइरसले गराउने निमोनिया बनेको छ। 

कोरोना संक्रमणपछि हुने निमोनियाले नै अधिकांशको ज्यान लिने गरेको छ। यही निमोनियाबाट बच्न भन्दै हाल केही व्यक्तिहरुले बुझ्दै नबुझी निमोनिया विरुद्धको खोप लगाउन थालेका छन्। जुन विलकुलै गलत भएको चिकित्सक बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल कोरोना संक्रमितमा हुने गरेको निमोनिया भनेको भाइरल निमोनिया हो। जुन कोरोना भाइरसले गराउँछ। तर निमोनिया विरुद्ध लगाइने खोप भनेको ब्याक्टेरियल निमोनियाबाट बच्न लगाइने हो। जसले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन। 

निमोनिया विरुद्धको खोप स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरियाका लागि मात्र भएको वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना बताउँछन्। यो खोपले कोरोनाले गराउने निमोनियाबाट नबचाउने उनले जानकारी दिए। यो खोप पनि सबै व्यक्तिहरुलाई लगाउन मिल्दैन। यसका लक्षित जोखिम वर्गलाई मात्र निमोनिया विरुद्धको खोप दिइने गरेको उनले बताए। 

६५ वर्ष माथिका, दीर्घश्वास प्रश्वास सम्बन्धी रोग भएका, दीर्घ मुटुरोग, मधुमेह, डायलासिस गरिरहेका र क्यान्सरका बिरामीका लागि मात्र यो खोप लगाइने गरिएको उनले बताए। यी बिरामीहरुलाई ब्याक्टेरियल निमोनिया हुने जोखिम धेरै हुने भएकाले निमोनिया विरुद्धको खोप लगाइने हो। 

उनले भने, ‘निमोनिया विरुद्धको खोप सबैलाई लगाउँदैनौ। जोखिममा रहेका लक्षित वर्गहरुलाई मात्र लगाउँछौ। तर यो खोप र कोरोनाले गराउने निमोनिया फरक कुरा हो।’ कोभिडमा देखिने निमोनिया कोरोना भाइरसले गराउने भएकाले यो खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउन नसक्ने उनी बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरैजसोले निमोनिया भन्ने बित्तिकै एउटै किसिमको भन्ने बुझाइले गर्दा पनि यस्तो भ्रम सिर्जना भएको उनले बताए। तर सबै निमोनियाहरु एउटै नहुने उनले बताए। निमोनियाको प्रकृति अनुसार यसको उपचार हुने उनले जानकारी दिए।

‘सबै निमोनिया एउटै हुँदैन,’ उनले भने, ‘निमोनिया पनि ब्याक्टेरियल, भाइरल र फंगल निमोनिया हुन्छ। के कारणले निमोनिया भएको हो। त्यही अनुसार उपचार हुन्छ।’

कतिपय व्यक्तिहरुले कोभिड निमोनियामा धेरै एन्टीबायोटिक पनि खाने गरेका छन्। तर कोभिड निमोनियामा धेरै एन्टीबायोटिकको प्रयोग गलत भएको उनी बताउँछन्। एन्टीबायोटिक ब्याक्टेरियल निमोनियामा मात्र प्रभावकारी हुने उनले बताए। 

अस्पतालसम्म पुग्दा कति बिरामीले त आफूखुशी खोप समेत लगाएर आउने गरेको उनले बताए। तर आफूखुशी निमोनियाको खोप लगाउन नहुने बताउँदै उनी भन्छन्, ‘आफैंले निर्णय गरेर यो खोप लगाउनु हुँदैन। यो खोप सबैलाई लगाउन मिल्दैन। जोखिम समूहका परेका व्यक्तिले स्वास्थ्यकर्मीको परामर्शमा मात्र लगाउनुपर्छ।’ कुनै पनि खोपको आफ्नै साइड इफेक्ट भएकाले सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र खोप लगाउन उनको सुझाव छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि निमोनिया विरुद्धको खोप र कोरोनाले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको स्पष्ट पार्छन्। 

उनले भने, ‘निमोनिया भएकाहरुमा सेकेण्डरी संक्रमण अर्थात् ब्याक्टेरियल संक्रमण भयो भने मात्र यसले कभरअप गर्छ भन्ने हो। यो खोपले सिधै कोरोना भाइरस विरुद्धमा काम गर्ने होइन। तर पछि हुन सक्ने ब्याक्टेरियल संक्रमण विरुद्ध काम गर्छ भन्ने अवस्था हो।’

कोभिडका बिरामीमा पछि ब्याक्टेरियल निमोनिया पनि देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको उनी बताउँछन्। तर यो खोप लगाउँदैमा कोरोनाले गराउने निमोनियाबाट बच्न सकिने भ्रममा नपर्न उनको आग्रह छ। 

‘कोरोनाले गराउने निमोनियालाई यो खोपले बचाउँदैन। तर ब्याक्टेरियाले गराउने निमोनियाबाट मात्र बचाउने हो। यो विषयमा स्पष्ट हुनुपर्छ’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्