• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के निमोनिया विरुद्धको खोपले कोरोना भाइरसका कारण हुने निमोनियाबाट बचाउँछ?

‘निमोनियाको खोप ब्याक्टेरिया विरुद्धको हो, कोभिडमा भाइरल निमोनिया हुन्छ’
कमला गुरुङ बिहीबार, जेठ ६, २०७८  १०:२४
1140x725

काठमाडौं - ‘निमोनिया विरुद्धको खोपले कोरोना भाइरसले गराउने निमोनियाबाट बचाउँछ?’ छातिरोग विशेषज्ञ डा निरज बमलाई अहिले धेरैजसोले सोधिरहने प्रश्न हो यो। बिरामीले प्रत्यक्ष रुपमा भेट्दा होस् या टेलिफोन सम्पर्कबाट उनलाई दैनिकजसो यो प्रश्न सोधिरहन्छन्।

बिरामीको यो प्रश्नमा डा बमको एउटै जवाफ हुन्छ, ‘निमोनिया विरुद्धको खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।’

निमोनिया विरुद्ध लगाउने खोप र कोरोना भाइरसले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको उनी बताउँछन्। ब्याक्टेरियाले गराउने निमोनियाका लागि मात्र खोपले काम गर्ने उनले बताए। 

उनी भन्छन्, ‘निमोनियाका लागि अहिले भनएिको जुन खोप छ त्यसले ब्याक्टेरियल निमोनियाका लागि काम गर्ने हो। कोरोनाले गराउने निमोनिया भनेको भाइरल निमोनिया हो। त्यसैले यो खोपसँग यसको कुनै सम्बन्ध छैन।’

ब्याक्टेरियाले गराउने र कोरोना भाइरसले गराउने निमोनिया फरक प्रकृतिको भएको उनले बताए। उनले भने, ‘अहिले यो विषयमा धेरैको जिज्ञासा रहेछ। मलाई धेरैले यो प्रश्न गरिरहनुहुन्छ। कतिले त आफूखुशी खोप लगाएर पनि आएका हुन्छन्।’

सामान्यतया निमोनिया भनेको फोक्सोमा हुने कुनै पनि किसिमको संक्रमण हो। त्यो संक्रमण सधैँ एउटै कारणले हुँदैन। ब्याक्टेरियल, भाइरल र फंगसका कारणले फोक्सोमा संक्रमण भइ निमोनिया हुन सक्छ। 

निमोनिया हुनुको कारण र प्रकृति फरक हुने भएकाले उपचार विधि र यसमा लगाइने खोप पनि फरक हुन्छन्। तर अहिले कोरोना संक्रमितको मृत्युको प्रमुख कारण भाइरसले गराउने निमोनिया बनेको छ। 

कोरोना संक्रमणपछि हुने निमोनियाले नै अधिकांशको ज्यान लिने गरेको छ। यही निमोनियाबाट बच्न भन्दै हाल केही व्यक्तिहरुले बुझ्दै नबुझी निमोनिया विरुद्धको खोप लगाउन थालेका छन्। जुन विलकुलै गलत भएको चिकित्सक बताउँछन्। 

Ncell 2
Ncell 2

हाल कोरोना संक्रमितमा हुने गरेको निमोनिया भनेको भाइरल निमोनिया हो। जुन कोरोना भाइरसले गराउँछ। तर निमोनिया विरुद्ध लगाइने खोप भनेको ब्याक्टेरियल निमोनियाबाट बच्न लगाइने हो। जसले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन। 

निमोनिया विरुद्धको खोप स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरियाका लागि मात्र भएको वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना बताउँछन्। यो खोपले कोरोनाले गराउने निमोनियाबाट नबचाउने उनले जानकारी दिए। यो खोप पनि सबै व्यक्तिहरुलाई लगाउन मिल्दैन। यसका लक्षित जोखिम वर्गलाई मात्र निमोनिया विरुद्धको खोप दिइने गरेको उनले बताए। 

६५ वर्ष माथिका, दीर्घश्वास प्रश्वास सम्बन्धी रोग भएका, दीर्घ मुटुरोग, मधुमेह, डायलासिस गरिरहेका र क्यान्सरका बिरामीका लागि मात्र यो खोप लगाइने गरिएको उनले बताए। यी बिरामीहरुलाई ब्याक्टेरियल निमोनिया हुने जोखिम धेरै हुने भएकाले निमोनिया विरुद्धको खोप लगाइने हो। 

उनले भने, ‘निमोनिया विरुद्धको खोप सबैलाई लगाउँदैनौ। जोखिममा रहेका लक्षित वर्गहरुलाई मात्र लगाउँछौ। तर यो खोप र कोरोनाले गराउने निमोनिया फरक कुरा हो।’ कोभिडमा देखिने निमोनिया कोरोना भाइरसले गराउने भएकाले यो खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउन नसक्ने उनी बताउँछन्। 

धेरैजसोले निमोनिया भन्ने बित्तिकै एउटै किसिमको भन्ने बुझाइले गर्दा पनि यस्तो भ्रम सिर्जना भएको उनले बताए। तर सबै निमोनियाहरु एउटै नहुने उनले बताए। निमोनियाको प्रकृति अनुसार यसको उपचार हुने उनले जानकारी दिए।

‘सबै निमोनिया एउटै हुँदैन,’ उनले भने, ‘निमोनिया पनि ब्याक्टेरियल, भाइरल र फंगल निमोनिया हुन्छ। के कारणले निमोनिया भएको हो। त्यही अनुसार उपचार हुन्छ।’

कतिपय व्यक्तिहरुले कोभिड निमोनियामा धेरै एन्टीबायोटिक पनि खाने गरेका छन्। तर कोभिड निमोनियामा धेरै एन्टीबायोटिकको प्रयोग गलत भएको उनी बताउँछन्। एन्टीबायोटिक ब्याक्टेरियल निमोनियामा मात्र प्रभावकारी हुने उनले बताए। 

अस्पतालसम्म पुग्दा कति बिरामीले त आफूखुशी खोप समेत लगाएर आउने गरेको उनले बताए। तर आफूखुशी निमोनियाको खोप लगाउन नहुने बताउँदै उनी भन्छन्, ‘आफैंले निर्णय गरेर यो खोप लगाउनु हुँदैन। यो खोप सबैलाई लगाउन मिल्दैन। जोखिम समूहका परेका व्यक्तिले स्वास्थ्यकर्मीको परामर्शमा मात्र लगाउनुपर्छ।’ कुनै पनि खोपको आफ्नै साइड इफेक्ट भएकाले सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र खोप लगाउन उनको सुझाव छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि निमोनिया विरुद्धको खोप र कोरोनाले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको स्पष्ट पार्छन्। 

उनले भने, ‘निमोनिया भएकाहरुमा सेकेण्डरी संक्रमण अर्थात् ब्याक्टेरियल संक्रमण भयो भने मात्र यसले कभरअप गर्छ भन्ने हो। यो खोपले सिधै कोरोना भाइरस विरुद्धमा काम गर्ने होइन। तर पछि हुन सक्ने ब्याक्टेरियल संक्रमण विरुद्ध काम गर्छ भन्ने अवस्था हो।’

कोभिडका बिरामीमा पछि ब्याक्टेरियल निमोनिया पनि देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको उनी बताउँछन्। तर यो खोप लगाउँदैमा कोरोनाले गराउने निमोनियाबाट बच्न सकिने भ्रममा नपर्न उनको आग्रह छ। 

‘कोरोनाले गराउने निमोनियालाई यो खोपले बचाउँदैन। तर ब्याक्टेरियाले गराउने निमोनियाबाट मात्र बचाउने हो। यो विषयमा स्पष्ट हुनुपर्छ’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्