काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई लगत टिपाउन गर्न आग्रह गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पहिलो मात्रा लगाएका व्यक्तिहरु विभिन्न कारणले उपत्यका बाहिर रहेकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुमा टिपाउन आग्रह गरेको हो।
‘हालको संक्रमणको अवस्था र जिल्ला अनुसार निषेधाज्ञा भएकोले आवतजावतमा संवेदनशील हुनुपर्ने अवस्था छ। त्यसैले भेरोसेलको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुले आफ्नो स्थानिय तहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरुमा लगत टिपाउनु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
भेरोसेलको दोस्रो मात्रा लगाउनेहरुको लगत तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
उनले खोप लगाउने व्यक्तिहरुलाई सवारीसाधन पास बनाएर आवतजावतको व्यवस्था नगरिदिन सम्बन्धित प्रशासन कार्यालयहरुलाई अनुरोध गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।