• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसकारण बजेटअघि विश्वासको मत लिन खोज्दैछन् प्रधानमन्त्री

64x64
नेपाल लाइभ बुधबार, जेठ ५, २०७८  २२:१४
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानतः आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने दिन, जेठ १५ गतेभन्दा अगाडि नै प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका छन्। 

गत वैशाख २७ गते प्रतिनिधि सभामा आफैले लिन खोजेको विश्वासको मत नपाएपछि पदमुक्त भएका र संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको संयुक्त सरकार दाबी गर्न विपक्षी दलहरु असफल भएपछि उनी उपधारा ३ बमोजिम सबभन्दा ठूलो दलको नेताका रुपमा अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। यसरी प्रधानमन्त्री बनेका ओलीसामु जेठ महिनाभर विश्वासको मत लिने समयसीमा थियो। तर, उनले चाँडै नै विश्वासको मत लिन प्रस्ताव गर्ने तयारी गरेका छन्। 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार त्यसका लागि उनले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेका छन्। त्यसलगत्तै विश्वासको मतका लागि संसद अधिवेशन बोलाउन सिफारिस गर्ने उनको तयारी रहेको बुझिन्छ। एक महिना समय हुँदाहुँदै प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव लैजाने हतारो किन गर्दैछन् त? 

जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताले प्रधानमन्त्रीलाई यस्तो हतारोमा पुर्याएको देखिन्छ। प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ, अहिले नै उनले संसदमा विश्वासको मत पाउने स्थिति देखिँदैन। किनभने उनको आफ्नै पार्टी, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले विश्वासको मत दिने परिस्थिति बनिसकेको देखिन्न। 

उनले आशा गरेको जनता समाजवादी पार्टी (जसपा)मा महन्थ ठाकुर र राजेन्द्र महतोबीच सहमति जुटेपछि त्यहाँबाट पनि प्रधानमन्त्रीले सहयोग पाउने देखिन्न। कांग्रेस र माओवादी केन्द्रको सहयोग पाउने त झन् सम्भावना नै देखिन्न। यही अवस्थामा बजेट ल्याउँदा संसदबाट बजेट पारित नहुने निश्चितजस्तै छ। कांग्रेसका नेताहरुले नै विश्वासको मत नपाउँदासम्म पूर्ण बजेट ल्याउनै नमिल्ने बताइरहेका छन्।

Ncell 2
Ncell 2

यो अवस्थामा ओली बजेटअघि नै सरकारको पोजिसन स्पष्ट गर्न चाहन्छन्। विश्वासको मत नपाउनसाथै उनी स्वतः पदमुक्त हुनेछन् र सरकार कामचलाउ बन्नेछ। ‘कामचलाउ सरकारले संसद अधिवेशन बोलाउने सिफारिस र संसदबाट बजेट ल्याउने निर्णय गर्न नसक्ने हुँदा उनी अर्कै (अध्यादेशको) बाटोबाट बजेट ल्याउने परिस्थिति निर्माण गर्न चाहन्छन्’, नेपाली कांग्रेसका एक नेताले भने, ‘अनि अर्को चाहिँ उनी चाँडै संसद विघटन गरेर निर्वाचन घोषणा गर्न चाहन्छन्, त्यसकै लागि यो हतारो देखाइरहेका छन्।’

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम संसदमा फेल भएपछि उनले प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई मध्यावधि निर्वाचनमा होमेका थिए। ओली अहिले त्यही अवस्थामा छन्। सरकारको नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने अवस्था अहिलेसम्म देखिएको छैन। त्यही देखेरै उनी बजेटअघि नै विश्वासको मतका लागि प्रस्ताव गर्ने तयारीमा लागेको ओलीनिकट एमालेका एक सांसदले बताए।

विश्वासको मत लिन असफल भएपछि संसद अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउन उनले पहल गर्ने आशंका धेरैले गरेका छन्। ‘बजेटअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ विश्वासको मत पाउने÷नपाउने त टुंगो छैन, पाउनलाई जसपाको निर्णय परिवर्तन गराउनुपर्ने हुन्छ। त्यो निर्णयमा केही फेरबदल गर्न सकियो भने विश्वासको मत पाउन पनि सक्नुहुन्छ’, ती सांसदले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत पाउनु भएन भने संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत् पुनः प्रधानमन्त्री बन्ने प्रयास भइहाल्छ। त्यसपछि त निर्वाचनमा जाने बाटो क्लियर भइहाल्छ।’ 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि बजेटअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने बताए। ‘प्रधानमन्त्रीज्यूले बजेटअघि नै विश्वासको मत लिनुहुन्छ होला, मैले त्यो सम्भावना देखेको छु’, नेम्वाङले नेपाल लाइभसँग भने, ‘तर, उहाँ(प्रधानमन्त्री)ले बजेट ल्याउँदा नियमित संसदबाटै ल्याउनुहुन्छ, अध्यादेश वा अन्य विकल्पमा जाने भन्ने कुरा हुँदैन होला।’

प्रधानमन्त्री ओलीका आलोचकहरु उनलाई यो संसद फेस गर्न कठिन हुने भएकाले सकेसम्म चाँडो निर्वाचनतर्फ जाने परिस्थिति निर्माण गर्नेमा उनको जोडबल रहेको बताउँछन्। 

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभाका कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्। 

त्यसरी प्रधानमन्त्री नियुक्त हुन नसकेमा चाहिँ आफैले देशलाई निर्वाचनतर्फ होम्न सक्ने आकलन प्रधानमन्त्री ओलीको देखिन्छ। उनीनिकट एमालेका एक नेता भन्छन्, ‘देशको माहोल पनि त्यतैतिर छ, माओवादीबाहेक सबै निर्वाचनमा जान तयार नै छन्।’ 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
सम्बन्धित सामग्री
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र निर्वाचनसँग सम्बन्... शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अ... शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान व... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्