काठमाडौं- नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत् मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन्।परिसंघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ।
यसैगरी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल, धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल, दाङलाई १० थान, भेरी अञ्चल अस्पताल, नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल, बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल, विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।
मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले विपद्को समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए। उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्तसमेत गरे।
परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए।
उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख प्रतिबद्धता गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।