काठमाडाैं- गण्डकी प्रदेशमा थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले पछिल्लो २४ घण्टामा एक हजार ६९७ जनाको नमुना परीक्षण गर्दा ६८८ मा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन्।
उनका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिएको नमुना परीक्षणमा ३०८ महिला र ३८० जना पुरुष संक्रमण भेटिएको हाे।
कास्कीमा १७६, स्याङजा ९, बाग्लुङ ७०,पर्वत २२, म्याग्दी ६८, मनाङ १३ र मुस्ताङ १० जनामा संक्रमण पुष्टि भएकाे छ। यस्तै, तनहुँ ५६, गोरखा १२९, लमजुङ ७ जना र नवलपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।
गण्डकीमा पछिल्लो २४ घण्टामा थप ३० संक्रमितकाे मृत्यु भएको छ। गण्डकीमा कोरोना संक्रमणबाट हालसम्म ४५२ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।