काठमाडौं- सरकारले देशभरका १२ अस्पतालमा अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि १६ कराेड ८० लाख रुपैपाँ बजेट सुनिश्चित गरेको छ।
अर्थ मन्त्रालयले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै १६ करोड ८० लाख रुपैयाँ स्रोतको सहमति दिएको जनाएको छ।
मन्त्रीस्तरिय निर्यणबाट पाइप लाइन विस्तारका लागि दमाैली अस्पताल, तनहुँलाई ३० लाख रुपैयाँ उलब्ध गराएको छ।
यस्तै, बाँकी ११ अस्पताललाई अक्सिजन प्लान्ट विस्तारका लागि एक करोड ५० लाखका दरले बजेट उपलब्ध गराइएको छ।
कुन अस्पतालकाे भागमा कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।