काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९६ जनाको मृत्यु भएको छ। देशभरका विभिन्न ठाउँमा गरी पछिल्लो २४ घण्टामा १९६ जना संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थप १९६ सहित नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभर २० हजार २८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ जनाको एन्टिजेन परीक्षण ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।