काठमाडौं– नेपालमा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभर २० हजार २८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ८ हजार १३६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६९३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन परीक्षणबाट ६७ जनामा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।