काठमाडौं– सरकारले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब १२ अर्ब आन्तरिक ऋण उठाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०७७/०७८ को तेस्रो त्रैमासिक समीक्षा प्रतिवेद अनुसार सरकारले कुल १ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ।
साथै सरकारले जेठ ३ गतेसम्म महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारको कुल खर्च ८ खर्ब ३० अर्ब ३४ करोड र राजस्व संकलन ७ खर्ब ६४ अर्ब ३८ करोड पुगेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।