• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्राण वायु अक्सिजन : के हो, के होइन

डा विदुर बराल/डा सुवास प्याकुरेल बुधबार, जेठ ५, २०७८  १४:३६
1140x725

कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त छ। तपाइँ-हामीमध्ये धेरैजना कोभिडको प्रत्यक्ष कहरमा छौं। कोभिडकै कारण हाम्रा धेरै आफन्त गुमाउनु परेको छ। अहिले अस्पतालमा अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नुपरेको तीतो यथार्थ हाम्रासामू छ। अक्सिजन हाम्रा लागि नभई नहुने तत्व हो। तरपनि हामी धेरैलाई यसले हाम्रो शरीरमा कसरी काम गर्छ, कोभिड र अक्सिजनको के सम्बन्ध छ र अक्सिजन कसरी बन्छ भन्नेबारे जानकारी नहुन सक्छ। त्यसकारण हामीले यो सामग्री यहाँ प्रस्तुत गरेका छौं। 

के हो अक्सिजन ?
सुन्दा अचम्म लाग्ला, हाम्रो शरीरमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा ६५ प्रतिशत मात्रा अक्सिजनकै हुन्छ। हामीले खानामा ग्रहण गर्ने प्रोटिन, कार्बोहाइड्रेट वा भिटामिन नै किन नहोस्, अक्सिजनको उपस्थिति रहेकै हुन्छ। हाम्रो वायुमण्डलमा करिब २१ प्रतिशत अंश अक्सिजनको रहेको हुन्छ भने ७८ प्रतिशत नाइट्रोजन र १ प्रतिशत आर्गन, कार्बनडाइअक्साइड लगायत अन्य ग्यास रहेको हुन्छ। तथापि मानवको हकमा उक्त नाइट्रोजन ग्यास भने वायुमण्डल बन्ने तटस्थ आधार र स्पेस-फिलर मात्र हो। अक्सिजनका तीन अणु मिली बन्ने ओजन तह होस् वा दुई अणु मिली बन्ने अक्सिजन ग्यास होस् कि हाइड्रोजनसँग एक अणु मिली बन्ने पानी, सबै तत्व हाम्रा लागि जीवन-प्रदायक नै हुन्। भित्र लिने शुद्ध  श्वासमा २१ प्रतिशत अक्सिजन भएझैँ बाहिर फाल्ने श्वासमा भने १६ प्रतिशत मात्रै अक्सिजन रहेको हुन्छ। छोटोमा भन्नुपर्दा अक्सिजन प्राण वायु हो।

अक्सिजनले शरीरमा के काम गर्छ?
श्वासनली हुँदै फोक्सोमा पुगेको हावा श्वासनलीको हाँगा-बिँगा हुँदै जब नलीको अन्तिम भागतिर रहेको सुक्ष्म श्वास-थैली अर्थात् 'एल्भिओलाई'मा पुग्दछ।

लिएको सासमा रहेको सबै ग्यासमध्ये अक्सिजन मात्रै छाँटिएर उक्त थैलीको कोषिका-पत्रमार्फत् त्यहाँ जेलिएर रहेको सुक्ष्म रक्तनली अर्थात् क्यापिलरीभित्र प्रवेश गरी रातो रक्तकण (रेड ब्लड सेल) भित्र रहने हेमोग्लोबिन तत्वमा विशेष प्राकृतिक प्रक्रियामार्फत लोड हुन्छ। त्यति नै खेर उसैगरी हेमोग्लोबिनले विभिन्न अंगको तन्तुमा रहेको कोषिकामा अक्सिजन र ग्लुकोजको रासायनिक प्रतिक्रियामा उत्पन्न हुने इनर्जी र पानीसँगै उत्सर्जित कार्बनडाइअक्साइड अनलोड गर्दछ। सरल भाषामा भन्दा अक्सिजनले ग्लुकोजसँग मिली ताकत, ताप र पानी पैदा गर्दछ, जुन हाम्रो शरीर चलायमान राख्नका लागि अत्यावश्यक हुन्छ। 

अक्सिजन र कोभिडको के छ सम्बन्ध?
सार्स-कोभ-२ ले श्वासनली
 हुँदै अक्सिजन र कार्बनडाइअक्साइड आदान-प्रदान हुने एल्भिओलाईको कोषिकामा अवस्थित ताल्चा जस्ता भान हुने 'ए सी इ- रिसेप्टर' मा उसका स्पाइक (साचो जस्ता भान हुने) अर्थात् चित्रमा देखाइने काँडाले जकडिँदै कोषिकाभित्र छिर्छ। त्यहाँ आफ्नो उसले भित्रि तत्व आर एन ए छोडी त्यसको कोडिङमार्फत सम्पूर्ण कोषिकालाई हाइज्याक गरी एल्भिओलाईलाई आफूजस्तै लाखौं-करोडौं भाइरस बनाउने फ्याक्ट्रीको रुपमा रुपान्तरित गरिदिन्छ। सोही क्रममा त्यहाँ श्वास आदान-प्रदान प्रक्रिया अवरुद्ध हुन् पुग्दछ। सोही सिलसिलामा हुने इन्फ्लामेशन वा भनौं प्रतिक्रियात्मक प्रस्तुतिसँगै ज्वरो लगायत, खोकी, श्वास फुल्ने जस्ता लक्षण र शरीरमा अक्सिजनको कमी हुन पुग्दछ। 

अक्सिजन कसरी बन्छ?
अक्सिजन कि त 'प्लान्ट' अर्थात् वनस्पतिले निकाल्दछ कि त 'अक्सिजन प्लान्ट' अर्थात् अक्सिजन उत्पादक मेसिनले निकाल्दछ। वास्तवमै प्रकृतिले नमिलाउने भन्ने केही छैन। पृथ्वीमा भएका वनस्पतिले प्राणीले छोडेको कार्बनडाइअक्साइड ग्रहण गरी पानी र सूर्य-प्रकाशको सहायताले फोटो सिन्थेसिस विधिमार्फत् खाना र अक्सिजन तयार पार्दछ। जसमध्ये अक्सिजनलाई आफूबाट मुक्त गरी वायुमण्डलमा छोडिदिन्छ। उता अक्सिजन प्लान्टले भने हालसम्म  तीन विधि अंगिकार गरेको पाइन्छ।

पहिलो विधिलाई प्राविधिक रुपले 'क्रायोजेनिक डिस्टिलेसन एण्ड सेपरेसन' भनिन्छ। जसअन्तर्गत् वायुमण्डलमै भएको हावा तानेर त्यसलाई कम्प्रेसन च्याम्बरमा खाँदेर थोरै बनाइन्छ। त्यसपछि अर्को स्टेपमा माइनस १ सय ८६ डिग्री सेल्सियसमा चिस्याएर तरल हावा बनाई त्यसलाई वास्पिकरण अर्थात् डिस्टिलेसन प्रक्रियामा लगिन्छ। तरल अक्सिजन र नाइट्रोजनको फरक मोलिक्युलर वेट अनुसार फरक-फरक तहमा तैरिने गुण अनुसार तल परेको अक्सिजन जतिलाई छाँटेर अर्को ट्यांकीमा भरिन्छ। र, विभिन्न परिमाण र कन्टेनरमा ढुवानी गरिन्छ। थपिएको चाप (प्रति वर्ग सेन्टिमिटर १५० केजी) र पुन: मिलाइएको ताप (१५ डिग्री सेल्सियस) सहितको थोरै ठाउँ ओगटेको धेरै अक्सिजनलाई सिलिण्डरमा भरिन्छ। सिलिण्डरबाट ग्यास बाहिर निस्कदा छुसुसुस् आवाज निस्कने कारण त्यही नै हो।

सबैको चासो सम्बोधन गर्नुपर्दा हाम्रोमा चल्तीमा रहेका सानो सिलिण्डरको उचाइ साढे दुई फिट हुन्छ र पाँच लिटर पानी भरिँने उक्त सिलिण्डरमा खाँदिएको अक्सिजन भने सात सय लिटरसम्म भरिन सक्छ। त्यसैगरी पाँच फिट उचाइ रहने ठूलो सिलिण्डरमा पानी भर्दा ४७ लिटर भर्न सकिनेमा खाँदिएको अक्सिजन भने सात हजार लिटरसम्म अटाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, दोस्रो र तेस्रो विधि सैद्धान्तिक रुपले करिब-करिब उस्तै हो।  कतिपय अवस्थामा यी दुवै विधि समायोजन पनि गरिएको हुन्छ। 'भ्याक्क्युम स्विंग एड्जर्प्सन (भी एस ए)' र 'प्रेसर स्विंग एड्जर्प्सन (पी एस ए)' विधि अन्तर्गत वायुमण्डलको हावालाई तानेर वा ठेलेर 'जियोलाइट ग्रेन्युल' नामक विशेष दानाले भरिएको च्याम्बर हुँदै पठाइन्छ। उक्त दानामा हुने सुक्ष्म-छिद्र (माइक्रोस्कोपिक सिभ) को दुलोको साइज अनुसार अक्सिजन मात्रै तान्ने वा नाइट्रोजन मात्रै तान्ने गरी तय गर्न सकिन्छ।

नाइट्रोजन ग्यास टायरमा हावा भर्न, मल बनाउन, एक्स्प्लोजिभ पदार्थ बनाउन प्रयोग हुन्छ भने अक्सिजन ग्यास पनि मेडिकल प्रयोगका अलवा फलाम फ्याक्ट्री, वेल्डिङ कार्य, फोहोर प्रशोधन, प्लास्टिक तथा टेक्स्टाइल इण्डस्ट्री इत्यादिमा प्रयोगमा आउँछ।     

के हो अक्सिजन कन्सनट्रेटर?
अक्सिजन कन्सनट्रेटर मेसिनलाई एकै वाक्यमा बुझाउने हो भने अघि बोलिएको प्रेसर स्विंग एड्जर्प्सन विधिवाला अक्सिजन प्लान्टको मिनिएचर अर्थात् सानो स्वरुप हो भन्दा फरक नपर्ला। यस मेसिनले पनि उसैगरी विद्युतीय पद्धतिले हावा मेसिनभित्र तानी त्यसमा रहेको जियोलाइट ग्रेन्युल्सद्वारा अक्सिजन र नाइट्रोजन छानेर सिधै अक्सिजन मात्र फालिदिने काम गर्दछ। अर्थात् नाम अनुसारकै वायुमण्डलको २१ प्रतिशत अक्सिजनको मात्राबाट नाइट्रोजन र अन्य ग्यास छानी ९३  देखि ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन खिँचिदिन्छ वा कन्सनट्रेट गरिदिन्छ।  

एक मिनेटमा कति अक्सिजन छान्छ र छोड्छ भन्ने आधारमा अधिकतम क्षमता तीन लिटर, पाँच लिटर, सात लिटर, दश लिटर भनी मेसिनको वर्गीकरण गरिएको हुन्छ। अहिले विद्युत आपूर्ती सहज भएको अवस्थामा व्यक्तिगत अक्सिजन पूर्ती र आपूर्ती गर्न अक्सिजन कन्सनट्रेटर मेसिन उपयोगी भएतापनि धेरैको जिज्ञासा कोभिड बिरामीमा यसको उपादेयता कस्तो छ भन्ने रहेको छ।  कडा प्रकृतिको, अस्पताल भर्ना भएका बिरामी वा भनौं अक्सिजन स्याचुरेशन ८५ प्रतिशतभन्दा कम रहेका बिरामीलाई भने यसबाट मात्र दिइने अक्सिजन अवश्य नै नपुग्ने देखिन्छ। अक्सिजन लेभल ८५ देखि ९० प्रतिशतसम्म रहेको घरमै उपचाररत रहेका बिरामीलाई भने यो मेसिन लाभदायी हुने देखिन्छ।  

Xtrem

Xtrem

बचाउनु पनि बनाउनु सरह होइन र?
अक्सिजन वास्तवमा औषधि नै हो। तसर्थ यसको समुचित प्रयोग गर्नु भनेको भरमग्दुर फाइदा लिनु र यथाशक्य साइड इफेक्टबाट बच्नु हो। त्यसैले यसको प्रयोग निश्चित तरिकाले निश्चित मात्रामा निश्चित समयसम्म मात्र गर्नु पर्दछ। चाहिनेभन्दा बढी प्रयोग गरेमा औषधिमा जस्तै यसका पनि हानिकारक असर हुन्छन्। दिमाग, फोक्सो र आँखामा हानी गर्ने अक्सिजन टक्सिसिटीसम्म पनि हुन सक्दछ।

अहिलेको अवस्थामा बजारमा अक्सिजन अभाव देखिनुमा राजनैतिक, रणनैतिक र नैतिक पक्ष जिम्मेवार त छ नै साथसाथै कोभिड बिरामीको संख्या ह्वात्तै बढ्नु र उनीहरुमा पहिलेको लहरमा भन्दा अक्सिजनको खपत बढी हुन पुग्नु पनि अर्को कारण रहेको छ। तसर्थ बचाउनु पनि बनाउनु सरह नै हो भन्ने मूलमन्त्र अंगिकार गर्दै अस्पतालहरुमा अक्सिजनको समुचित प्रयोग सम्बन्धी प्रोटोकल बनाउने, लिकेज भए-नभएको अनुगमन गरिरहने गर्नुपर्दछ। कतिपय बिरामीले ट्वाइलेट जाँदा अक्सिजन खुल्लै राखी गएको धेरै नै भेटिने हुँदा बिरामीलाई अक्सिजनको प्रयोग सम्बन्धी जानकारी दिनेजस्ता तरिकाले अक्सिजन फारो गर्न सकिन्छ। तार्किक तहभित्र छुच्चो हुनु भनेको समग्रतामा थप उदार हुनु पनि हुन सक्दछ, यस्तो अवस्थामा। 

पंचिङ पोइन्ट
र, चुरो कुरो भनेको चाहिँ यस्तो महामारीको समयमा पनि कालो बजारी गर्नेलाई सरकार र समाज दुवैले सेतो नजरले हेर्नु जरुरी छैन। हेल्लो सरकार, अक्सिजन प्लान्टको प्रभावकारी अनुगमन होस्। खराब काम गर्नेको लज्जाजनक वहिर्गमन होस्। हेक्का रहोस्, जन-जनको चासो रहेको अक्सिजनमा हेक्का राखे सरकारको 'नैतिक अक्सिजन लेभल' पनि मेन्टेन हुन्छ। नत्र जनताको जिउमा र बजारमा अक्सिजन घट्दै जाने क्रममा राजनीतिको पनि अक्सिजन घट्दै जान बेर लाग्दैन।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्