काठमाडौं– सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत चौधरीको मंगलबार बिहान मृत्यु भएको नगरपािलकाका सूचना अधिकृत महानन्द चाैधरीले बताए।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।
त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए। गर्भवतीरहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो।
उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो।
यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।