काठमाडौं– कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरपालिकाले २९ वटा खोपकेन्द्र तोकेको छ।
महानगरले सूचना प्रकाशित गरी २९ वटै वडामा खोपकेन्द्र राखिएको जनाएको छ। पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएकाले महानगरले हरेक वडामा केन्द्र सञ्चालन गरेको हो।
आफूलाई पायक पर्ने केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन महानगरले आग्रह गरेको छ। ललितपुरमा ६ जेठबाट भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।
भेरोलेसको दोस्रो डोज लगाउन आउँदा यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउनसमेत महानगरले आग्रह गरेको छ।
यी हुन् खोप केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।