काठमाडाैं- काठमाडौं उपत्यकामा सक्रिय काेराेना संक्रमित साढे ४० हजार पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार जारी गरेकाे तथ्यांकअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा ४० हजार ७६४ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडाैंमा मात्रै २८ हजार ५२७ सक्रिय संक्रमित रहेका छन्। यस्तै १ लाख ६५ हजार ३६४ जनामा संक्रमण पुष्टि भइसकेकाे छ भने १ लाख ३५ हजार ६४८ संक्रमित संक्रमणमुक्त भएका छन्।
काठमाडाैंमा हालसम्म १ हजार १८९ संक्रमितले ज्यान गुमाइसकेका छन्।
यता, भक्तपुरमा ५ हजार ७६ सक्रिय संक्रमित रहेका छन्। यस्तै, १६ हजार ५४० जनालाई संक्रमण भइसकेकाे छ भने ११ हजार ५२९ जनाले काेराेनालाई जितिसकेका छन्।
भक्तपुरमा २३५ काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ।
ललितपुरमा हालसम्म २८ हजार २१७ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य ७ हजार १७१ सक्रिय संक्रमित रहेका छन्।
ललितपुरमा २० हजार ७२८ जना संक्रमणमुक्त भइसकेका छन् भने ३१८ जनालेज्यान गुमाइसकेका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा साेमबार उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएकाे थियाे।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ३४६ छन्। यस्तै, ललितपुरमा ४५४ र भक्तपुर जिल्लामा २९८ जना संक्रमित थपिएकाे मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।