• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे?

इन्जिना पन्थी/साउथ एसिया चेक सोमबार, जेठ ३, २०७८  १५:२३
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन्।

तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।

उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबुकमा भिडियोहरू राखेका छन्। एक अर्कालाई ट्याग गर्दै राखेका भिडियोमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर सङ्क्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्‍याइदिने बताएका छन्।

गत वैशाख २९ गते फेसबुकमा राखिएको पोष्टलाई सोमबारसम्म चार हजार ३ सयभन्दा धेरैपटक सेयर गरिएको छ। एउटा भिडियो ७३ हजारभन्दा धेरैले फेसबुकमा हेरेका छन् भने त्यसलाई समेत २ हजारभन्दा धेरै सेयर गरिएको छ।

सयभन्दा बढीको सङ्ख्यामा उनीहरूका अन्य केही भिडियोहरू समेत सेयर भएका छन्। उनीहरुले ती बुटी आफ्नै भाइ, सासु र दिदीलाई खुवाएको बताएका छन्।

उक्त बुटी कोरोनाभाइरसको औषधि भएको भन्दै एक वर्षअघि योहो टेलिभिजनमा प्रेम कैदीले पत्रकार जीवराम भण्डारीलाई अन्तर्वार्ता दिएका थिए। जसको क्लिप सो टेलिभिजनको आधिकारिक फेसबुक पेजमा अझै रहेको छ। युट्युबमा समेत पीएनपी टिभी, एभरेष्ट नेपाल नामका युट्युब च्यानलमा प्रेम कैदीका त्यससम्बन्धी भिडियो हेर्न पाइन्छ।

ती भिडियोमा उनले उक्त बुटीले कोरोनाभाइरससहित १००८ किसिमका रोग निको पार्ने दाबी गरेका छन्। सो भिडियो हजारौँपटक हेरिएको छ। आममानिसमा उक्त बुटीबारे चासो र उत्सुकता रहेको पाइएकोले साउथ एसिया चेकले त्यसबारे वनस्पति र आयुर्वेदका विज्ञहरूसँगको कुराकानीका आधारमा यो सामग्री तयार पारेको छ।

कस्तो हो यो ‘बुटी’?
साउथ एसिया चेकले यस वनस्पतिको पहिचानका क्रममा केही वनस्पति र आयुर्वेदका विज्ञहरूसँग सम्पर्क गरेको थियो। उनीहरूबाट एकैखाले जवाफ नपाइएपछि हामीले सो वनस्पति मगाएर विज्ञहरुको सहयोगमा त्यसबारे थप अध्ययन गर्‍याैं। त्यसलाई औषधि भनी दाबी गर्ने व्यक्तिले बागमती नदी किनारमा उम्रिएको त्यसको विरूवा हामीलाई देखाए। उनीहरुबाट त्याे विरुवा लिएपछि त्यसबारे जानकारी लिन हामीले वनस्पतिविद्हरूलाई सम्पर्क गर्‍याैं।

Ncell 2
Ncell 2
nimb
nimb

यस क्रममा हामीले गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा समेत त्यसको फोटो पठायौँ। सोको नमूना राखिएको उक्त प्रयोगशालाका प्रमुख सुवाष खत्रीले त्याे चिनोपोडियम प्रजातिको एक वनस्पति भएको बताए। उनले भने, ‘चिनोपोडियम (Chenopodium ambrosionides) हामीले खाने बेथेको सागसँग मिल्दोजुल्दो वनस्पति हो। त्यसको फूल र बिउका आधारमा अझ साँघुरो तरिकाले वर्गिकरण गर्न सकिन्छ।’

This image has an empty alt attribute; its file name is jadibuti.jpg

यसलाई Dysphania ambrosionides नामले समेत पछिल्लो समय चिनिने गरेको अर्का एकजना वनस्पतिविद् कमल मादेनले साउथ एसिया चेकलाई बताए। उनले भने, ‘यो वनस्पति औषधिजन्य नै हो।’ उनका अनुसार ‘प्लान्ट्स एन्ड पीपल अफ नेपाल’ शीर्षक किताबमा यसको औषधि के-केमा प्रयोग हुन्छ भन्ने लेखिएको छ। यसको बिउको पाउडर ४ चिया चम्चा सुत्ने बेलामा ४ रात पेटको जुका मार्नका लागि प्रयाेग गर्ने उक्त पुस्तकमा उल्लेख गरिएकाे मादेनले बताए । ‘यसलाई अल्सरका लागि समेत उपयोगी मानिएको पाइन्छ। यसैगरी यो टनिकका रुपमा प्रयोग गर्न सकिने जनाइएको छ’, उनले भने ।

नरहरि बुटी प्रवर्द्धन गरिरहेका प्रेम कैदीले भने आफूले योगी नरहरिनाथबाट त्यसबारे मौखिक रूपमा थाहा पाएको दाबी गरे। तर, त्यसको कुनै लिखित विवरण आफूसँग नभएको उनकाे भनाइ छ। यसकाे प्रयोग गरेरै महत्व थाहा पाएको भन्दै त्यसबारे अध्ययनको आवश्यकता समेत आफूहरूले महसुस नगरेको उनको दाबी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के भन्छन् ‌आयुर्वेदका चिकित्सक?                   

नरहरि बुटीले कोभिड रोग निको हुन्छ भन्ने आयुर्वेदका ग्रन्थमा कतै नभेटिने एकजना आयुर्वेद चिकित्सक प्रकाश ज्ञवाली बताउँछन्।

साउथ एसिया चेकसँग उनले भने, ‘यसबारे अनुसन्धान भएको आधिकारिक प्रमाण छैन। कुनै व्यक्तिले प्रयोग गर्दै जाँदा राम्रो भएको हुनसक्छ तर आयुर्वेदमा यसको प्रयोग विधि नभएकाले हामीले प्रयोग गर्ने गरेको छैनौं।’ कोभिड मात्र नभएर अन्य रोगका उपचारमा समेत यसलाई प्रयोग गर्ने नगरिएको ज्ञवालीको भनाइ छ। 

नेपाल संस्कृत विश्वविद्यालयमा केन्द्रीय आयुर्वेद क्याम्पसका पूर्वप्रमुख प्राध्यापक डा श्याममणि अधिकारीले आफूले नरहरि बुटीको बारेमा जानकारी नपाएकोले भन्न नसक्ने बताए। उनले त्यस विरुवाको अन्य नाम भए भन्न सकिने बताउँदै थपे, ‘आयुर्वेदमा एउटै विरुवाको धेरै नाम हुन्छ। सबैले सुनेको गुर्जोको पनि धेरै नाम छ। तर, एउटै ‌औषधिले कोभिड निको पार्ने अहिलेसम्म आयुर्वेदिक ‍औषधि बनेको छैन।’

उनी थप्छन्, ‘कसैलाई कुनै जडिबुटीले कुनै पक्षमा केही राहत दिएको हुनसक्छ। तर, प्रमाणित नभइकन त्यसमा मात्र भर पर्दा त्यो घातक हुनसक्छ।’

जडिबुटी जथाभावी खाँदा के हुन्छ?

जडिबुटी जथाभावी खाँदा त्यसको असर तत्कालै नदेखिए पनि दीर्घकालमा भने हानि हुनसक्ने विज्ञहरु बताउँछन्।

डा ज्ञवाली भन्छन्, ‘अन्य औषधिजस्तो जडिबुटीको तत्कालै साइड इफेक्ट नगर्ने हुनाले पत्तो नभएको हो। हामीले खाने गरेको अमला नै कतिपय बिरामीले खान मिल्दैन।’ उनका अनुसार अमला युरिक एसिडको बिरामीले धेरै खान मिल्दैन। दीर्घरोग भएका बिरामीले मात्रा नमिलाई जडिबुटी खाँदा घातक हुनसक्ने विज्ञहरु बताउँछन्।

‘रक्तचाप वा सुगर नियन्त्रण गर्नलाई विभिन्न औषधि दिने गर्छौं। कसैले मात्रा नमिलाई खाएमा घातक हुनसक्छ,’ ज्ञवाली थप्छन्। मरिच, अदुवा धेरै मात्रामा खाँदा पाइल्स हुनेहरुलाई रगत बग्ने समस्या देखिने बताइन्छ। कोभिड-१९ हुँदा बाफ लिनुपर्छ भनेर धेरै बाफ लिँदा नाकबाट रगत आएको, सुख्खा भएको आयुर्वेदका विज्ञहरू बताउँछन्। डा श्याममणि अधिकारी भन्छन्, ‘आयुर्वेदिक ‌औषधि पनि गुणस्तरिय नखाँदा त्यसले असर गर्नसक्छ । जस्तै मिसावट भएको बेसार, महहरु खाँदा त्यसको प्रभाव नहुन सक्छ।’

जथाभावी प्रयोगलाई रोक्न के गरिएको छ ?

नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद तथा वैकल्पिक माध्यमबाट संक्रमणको रोकथाम तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी गरेको छ। त्यो पालना गर्न नेपाल सरकारले २०७८, वैशाख १२ गते पत्रचार गरेको थियो।

त्यसमा विभिन्न ‌औषधिको नाम र मात्रा, खाने तरिका उल्लेख गरिएको छ। यस बारेमा वेबसाइटमा पनि सूचना राखिएको छ।

सेवन कसरी गर्ने ?

आयुर्वेदिक ‌औषधि सेवन गर्दा आयुर्वेदिक चिकित्सक, विज्ञको सल्लाह अनुसार गर्नुपर्ने विज्ञहरु बताउँछन्। ‘आयुर्वेदमा पनि सामान्य लक्षण भएका र गम्भीर बिरामीका लागि चलाउने ‌औषधि फरक हुन्छ,’ डा ज्ञवाली भन्छन्, ‘गर्भवती, बच्चा, वृद्धका लागि फरक हुन्छ। आयुर्वेदिक अस्पतालमा कोभिडको गम्भीर बिरामी र सामान्य लक्षण भएकालाई औषधि र मात्रा पनि फरक दिइन्छ।’

त्यसैले व्यक्तिको स्वास्थ्य र रोगविशेषको अवस्था अनुसार चिकित्सकको सल्लाहमा प्रयोग हुने औषधिले मात्र अपेक्षित प्रतिफल दिने हामीसँग कुरा गरेका दुवै आयुर्वेदका विज्ञहरूले बताए। -साउथ एसिया चेक

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्