काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणको ‘चेन ब्रेक’का लागि बाँके जिल्लामा जारी निषेधाज्ञा जेठ १० गतेसम्मका लागि लम्बिएको छ।
कोरोना भाइरसको दोस्रो लहरबाट अति प्रभावित बाँकेमा वैशाख १२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।
पछिल्लो चरणमा थपिएको समेत गरी बाँकेमा सोमबार (जेठ ३ गते, राति १२ बजेसम्म)का लागि निषेधाज्ञा जारी गरिएकोमा त्यसलाई बढाएर जेठ १० गतेसम्मका लागि पुर्याइएको हो।
कोभिड १९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेको स्थितिमा संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।