काठमाडौं- काठमाडौं महानगरपालिका–८ मा रहेको प्यारागन पब्लिक स्कुलमा ड्राइ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाको सहजीकरण र हेल्थ एट होमसँगको सहकार्यमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।
कोरोना संक्रमित भई परिवारका अन्य सदस्यसँग अलग्गै बस्न समस्या भएकाहरुका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको सांसद थापाले बताएका छ्न्।
उनका अनुसार स्कुलमा रहेका १० वटा कोठामध्ये अहिले केही कोठामात्र प्रयोग गरिएको छ। काठमाडौं महानगरपालिका–८ र ९ का संक्रमितका लागि उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो।
हाल १५ जनाका लागि बस्ने व्यवस्था गरिएको र छिट्टै ५० जनासम्मलाई पुग्ने व्यवस्था गरिने सांसद थापाले बताएका छन्। आइसोलेसन सेन्टरमा खानाको व्यवस्था र चिकित्सकीय सेवा समेत उपलब्ध छ।
अस्पताल जानुपर्नेलाई चिकित्सकको परामर्श अनुसार अस्पताल पठाइने सांसद थापाले बताएका छन्। सांसद थापाले समस्या परेका संक्रमितले दुवै वडाका जनप्रतिनिधि अथवा स्वंयसेवकलाई सम्पर्क गर्न भनेका छन्। उनका अनुसार समस्यामा परेकाले ९८६०३४०५८७ मा एसएमएस गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।