• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आईसीयूमा खुसीका आँसु– मरिसकेको मान्छे ब्यूँतिएर आएँ!

रिता लम्साल आइतबार, जेठ २, २०७८  २३:२९
1140x725

काठमाडौं– ‘यता आउनुस् न मलाई बोल्न मन छ। म पनि केही सन्देश दिन्छु,’ नेपाल प्रहरी अस्पतालको आईसीयूमा उपचाररत दूर्गा आचार्यले हामीलाई देख्ने बित्तिकै उत्साहित हुँदै बोलाइन्।

‘अक्सिजन सपोर्टमा हुनुहुन्छ, बोल्दा गाह्रो हुन्छ होला। हामी तपाईंको कुरुवासँग कुरा गर्छौं नि, हुन्छ?’ आईसीयूमा उपचाररत बिरामीलाई बोल्दा स्वास्थ्य अवस्था विग्रिन सक्ने भएकाले हामीले सम्झायौं।

‘यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु।’ आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह गरिन्।

आईसीयूमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र आचार्यको आफन्तले पनि कुराकानी  गर्न सक्ने अवस्थामा रहेको जानकारी दिँदै कुराकानी गर्न सहमति जनाएपछि हामीले उनीसँग कुराकानी गर्‍यौं।

‘मलाई कोरोना पोजिटिभ भएको १० दिन भयो, ५ दिनदेखि पुलिस अस्पतालमा छु, म त मर्न लागिसकेको मान्छे, यहाँ आएर उपचार पाएर बाँचे,’ आचार्यले खुसीका आँसु झार्दै भनिन्, ‘यहाँका नर्स, चिकित्सक, सबैले धेरै राम्रो उपचार गर्नुभयो। अब त मलाई धेरै ठीक भइसक्यो।’

अक्सिजन सपोर्टमै बेडमा बसेकी आचार्यले आफ्नो कुरा राखेपछि अस्पतालका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दोहोर्‍याएरै धन्यवाद भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना संक्रमण भएपछि अस्पतालमा बेड पाइँदैन कि भन्ने डरले घरमै बस्न नहुने उनले बताइन्।

‘अहिले धेरैजना अस्पतालमा राम्रो उपचार हुँदैन, आफन्तको मुख देख्न पनि पाइँदैन कि भन्ने डरले घरमै बस्ने गर्नुभएको छ,' उनले भनिन्, ‘अस्पतालमा राम्रो उपचार हुन्छ, आफन्तहरुले  सँगै बसेर हेरचाह गर्न पनि पाउनुहुन्छ, घरमै डराएर नबसौं भन्न चाहन्छु।’

महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापनको अवस्थाबारे बुझ्न आइतबार हामी अस्पतालको आइसोलेसन, एचडीयु तथा आईसीयू वार्डहरुमै पुगेका थियौं। 

अस्पतालकी एक नर्सले कोरोना संक्रमितको उपचार भइरहेको सबै वार्डहरु देखाइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालमा उपचाररत कोरोना संक्रमितको हेरचाहका लागि कुरुवाहरुलाई पनि बिरामीसँगै रहन पाउने व्यवस्था गरेको रहेछ।  

तर, कोरोना संक्रमितको हेरचाहका लागि  आइसोलेसन, एचडीयु तथा आईसीयूमा बस्ने कुरुवाहरुले आफैंले पीपीई व्यवस्थापन गरी अनिवार्य पीपीई लगाउनुपर्ने नियम बनाएको छ।

पीपीई लगाएरै भएपनि कोरोना संक्रमित प्रियजनलाई खाना खुवाउन तथा आफैंले हेरचाह गर्न पाउँदा कुरुवाहरु खुसी थिए।

बिरामीसँगै रहेकी कुरुवा अस्मिता गुरुङले नर्सहरुले मात्र केयर गर्न नभ्याउने भएकाले आफैं खटिएर आफन्तको हेरचाह गरिरहेको सुनाइन्।

‘आईसीयूमा लगेपछि त देख्न पनि पाइँदैन कि भन्ने डर लागेको थियो, तर पीपीई लगाएपछि आउन पाइयो,’ उनले भनिन्, ‘यसरी बस्दा बिरामीलाई पनि खुसी लाग्छ, उहाँको आत्मबल बढ्छ, हामीले केयर गर्न पनि पाउछौं। आफ्नो सुरक्षाको लागि पीपीई लगाउनु नराम्रो कुरा पनि त होइन।’

कोरोना संक्रमण भएर आईसीयूमा पुग्नुपर्ने अवस्था भने नराम्रो अनुभव भएको गुरुङ सुनाइन्।

‘यसरी कोरोना संक्रमण भएर आईसीयूमा पुग्नु एकदमै नराम्रो अनुवभ हो,’ उनले भनिन्, ‘यस्तो अनुभव कसैले भोग्न नपरोस् भन्ने कामना  गर्छु।’

आईसीयू कक्षमा पीपीई लगाएकी एकजना स्वास्थ्यकर्मी खरबुजा, चिया र विस्कुट लिएर आइन्। बेडको छेउमा पीपीई लगाएर बसेका कुरुवाले बिरामी आफन्तलाई चिया, बिस्कुट र खरबुजा खुवाउन थाले।

खरबुजा देख्नेवित्तिकै आईसीयूमा रहेकी एक महिलाले खान चाहेको कुरा हातले इसारा गरिन्। बिरामी कुरुवा र एक नर्सले ती महिलालाई खरबुजा खान दिइन्।  खरबुजा आफ्नो हातमा परेपछि खुसी हुँदै  हतार हतार खान लागिन्।

केही मात्रामा खाएपछि नर्सले उनको मुखमा फेरी अक्सिजन मास्क लगाइदिइन्। केही समयपछि नर्सले अक्सिजन मास्क खोलिदिइन् ती बिरामीले फेरी खरबुजा खाइन्। 

बिरामी कुरुवा र नर्स मिलेर उनलाई बेला बेलामा खरबुजा खुवाउने र अक्सिजन मास्क लगाउने गरिरहे। खरबुजा सकिएपछि ती बिरामीलाई नर्सले अक्सिजन मास्क लगाइदिन्। उनी बेडमा सुतिन्।

कोरोना संक्रमितको उपचार तथा केयरमा आईसीयूमा खटिरहेकी थिइन् अर्की नर्स हिमाला रिमाल। 

पछिल्लो समय युवाहरु पनि कोरोना संक्रमणले गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने क्रम बढिरहेको  रिमालले सुनाइन्।

‘कोरोनाले गम्भीर अवस्थामा पुगेर आईसीयूमा आएका भाइहरु एकैछिन अघि बोलिरहेका हुन्छ, एकैछिनमा दिदी मलाई गाह्रो भयो भन्छन्, हामीले केयर गर्दागर्दै पनि एकदैछिनमा उहाँहरुको मृत्यु हुन्छ,’ रिमालले दुखी हुँदै भनिन्, ‘अहिलेको कोरोना अलि डरलाग्दो छ, बोलीरहेका युवाहरुको एकैछिनमा मृत्यु भइरहेको हुन्छ।’

उनले अस्पतालमा कोरोना संक्रमितको उपचार तथा केयरमा खटिँदा आफ्नो कर्तव्य हो भन्ने सोचे पनि घर–परिवार र बालबच्चाको नजिक जाँदा भने डर लाग्ने गरेको सुनाइन्।

‘यहाँ बिरामीको केयरमा खटिदा त खाँसै डर लाग्दैन, तर घर जाँदा तीन वर्षको बच्चा र बुवाआमाको नजिक पर्न भने डरलाग्छ, कतै आफू पनि संक्रमित छु कि भनेर,’ उनले भनिन्, ‘ठूलो मान्छेसँग टाढा बसेपनि बच्चाले बुझ्दैन, मम्मी भन्दै अंगालो हाल्न आइपुग्छ। त्यो बेलामा अलि झस्किन्छु।’

आईसीयू वार्डभन्दा तल्लो तलामा रहेको एचडीयु वार्डमा पीपीई लगाएर वार्डमा रहेका बिरामीको अक्सिजन मास्क मिलाउदै थिइन्  नर्स लक्ष्मी भण्डारी।

पीपीई, मास्क र भाइजर भित्र अलिकति मात्र देखिएको उनको आँखा र निधारको भागमा पसिना निस्किरहेको थियो।

‘यसरी कतिसमय सम्म काम गर्नुपर्छ? गाह्रो महशुस हुदैन?’ हामीले साध्यौं।

‘गाह्रोको त कुनै नगरौं, ट्रिपल मास्क लगाउँदा, पीपीई लगाउँदा पसिना आएर उकुसमुकुस हुन्छ, पसिना पुछ्न मिल्दैन। ७–८ घण्टासम्म त पसिनाले भिजिसकेका हुन्छौं,’ उनले भनिन्, ‘हामीलाई भन्दा गाह्रो त कोरोनाले जटिल अवस्थामा पुगेका बिरामीहरुलाई छ, त्यसैले हामी हाम्रो असहजतालाई भुलेर बिरामीलाई कसरी सहज गराउने भन्नेतिर ध्यान दिन्छौं।’

अस्पतालका रेडियोलोजिष्ट डा  केदार खड्कीले अहिले कोरोना संक्रमण हुनेमा छिट्टै जटिल अवस्थामा पुग्ने गरेको सुनाए।

अहिले देशलाई नै संकट परिरहेकाले कोरोना संक्रमण फैलिन नदिन घरमै सुरक्षित भएर बस्न सबैलाई आग्रह गरे।

‘अहिले संक्रमणको अवस्था धान्न सरकारलाई गाह्रो परेको छ,’ उनले भने, ‘आकस्मिक सेवा लिन आउने अघिकांश बिरामीहरु गम्भीर अवस्थामा आइपुगेका छन्, यो कोरोना संक्रमणको दर कम गर्न घरबाहिर ननिस्किनुस्।’

अस्पतालका पल्मोनोलोष्टि तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार नेपाल प्रहरी अस्पतालले सबै नेपाल प्रहरी  तथा उनका परिवारका सदस्यहरुलाई विशेष व्यवस्थाका साथ उपचार गर्ने गर्छ।

कोरोना महामारीको समयमा आम सर्वसाधारणलाई पनि प्रहरी र उनका परिवारका सदस्यलाई जस्तै उपचार र केयर गरिएको डा यादवको भनाइ छ।

नेपालमा देखिएको दोस्रो लहरको कोरोना संक्रमण पहिलाको तुलनामा संक्रामक रहेको डा यादवले बताए।

‘अहिलेको संक्रमण पहिलाको जस्तो छैन, आज आकस्मिकमा आएका बिरामी आइसोलेसनमा भर्ना हुन्छ, भोलिपल्ट सम्म त उसलाई आईसीयू, भेन्टिलेटर नै चाहिन्छ,’ उनले भने, ‘अहिले संक्रमण भएपछि धेरैजस्तो बिरामीको फोक्सोमा असर पर्ने र सिकिस्त भइहाल्ने गरेको पाइन्छ।’

अस्पतालकी मेडिकल डाइरेक्टर (प्राविधिक प्रहरी अतिरिक्त महनिरीक्षक) डा आशा सिंहले पछिल्लो समय  कोरोना संक्रमितको चाप बढ्दै गएकाले आकस्मिक सेवा र आकस्मिक अपरेशनको सेवा बाहेक अन्य ननकोभिड सेवा बन्द गरिएको सुनाइन्।

अस्पतालमा कोभिड इमर्जेन्सी, आइसोलेसन, एचडीयु र आईसीयू गरी २६० वटा बेड छुट्याइएको डा सिंहले बताइन्।

‘हामीसँग कोरोनाका बिरामीको उपचारका लागि जनरल बेड १८०, एचडीयु ५०, भेन्टिलेटर सहितको आईसीयू बेड २० र आईसीयू बेड १० वटा छ,’ उनले भनिन्, ‘हामीले अहिलेसम्म ३ हजार  ६४ जनालाई उपचार सेवा दिइसकेका छौं, तीमध्ये अहिलेसम्म ५५ जना संक्रमितको मृत्यु भयो।’

उनका अनुसार नेपाल प्रहरीमा आवद्ध व्यक्तिहरुका लागि रेम्डेसिभिर लगायत सबै किसिमको औषधि उपचार निशुल्क गरिएको छ। औषधि अभावको समयमा सर्वसाधारण र प्रहरीका परिवारलाई भने रेम्डेसिभिर औषधि बिरामीले खरिद गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइन्।

डा सिंहका अनुसार अस्पतालका सबै चिकित्सक, नर्स, पारामेडिक्स लगायत सबै स्वास्थ्यकर्मीलाई तीनवटा समुहमा विभाजन गरि ड्युटीमा खटाइएको छ।

हरेक ५ दिनसम्म ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा पठाउने गरी रोटेसन मिलाइएको डा सिंहको भनाइ छ।

उनले कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर तथा नर्सलाई अस्पतालमै बस्ने व्यवस्था गरिएको पनि बताइन्।

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएपनि अस्पतालको प्लान्टले धान्न नसक्ने भएकाले अक्सिजनको माग धान्न गाह्रो भएको डा सिंहले सुनाइन्। 'अहिले हामीलाई अक्सिजनको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, करिब १० दिनदेखि दिनहुजस्तो अक्सिजन १० मिनेटको लागि मात्र बाँकी छ, अक्सिजन लिन गएको गाडी कम्पनीमा लाइनमै छ,’ उनले भनिन्, ‘यस्तो अवस्थाको सामना गर्नुपर्ने अवस्था छ, अक्सिजनकै लागि दौडधुप गर्नुपरिरहेको छ।’


तस्वीरहरु– निमेष जंग राई

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  २३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्