काठमाडौं- कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि भन्दै अन्य खर्चसमेत गरी सात अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, १० महिनामा तीन अर्ब ७२ करोड ४३ लाख रुपैयाँमात्रै कोभिड शीर्षकमा खर्च भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।