काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन (आइतबार) २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ हजार ६०९ संक्रमित थपिएका हुन्।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार ८८१ छन्। यस्तै, ललितपुरमा ४३६ र भक्तपुर जिल्लामा २९२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।