काठमाडौं– नेकपा एमालेको इलाम जिल्ला कार्यालय सचिब तथा युवा सञ्जाल इलामका अध्यक्ष नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ।
एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।
३५ वर्षीय शंकरको विराट मेडिकलमा उपचाररत शंकरको आइतबार बिहान निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।