काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ।
मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट खरिद गरिएकाे ५ सय ६० सिलिण्डर अक्सिजन सिलिण्डर शनिबार साँझ ओमानबाट ल्याइएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिण्डर नेपाल पठाइएको हाे।
संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिण्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ।
ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिण्डर ढुवानी नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले गरेकाे थियाे।
यसकाे खर्च भने नेपाल सरकारले व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।