काठमाडौं- नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टाको अवधिमा देशभर एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १७ हजार ९ सय ७१ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, सोही अवधिमा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ। जसमध्ये १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित छन्।
आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२ र तेह्रथुममा १९ संक्रमित थपिएका छन्।
यस्तै, पाँचथरमा १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सुनसरीमा ९९ र सोलुखुम्बुमा ४ जनामा संक्रमण पुष्टि भएकाे छ।
प्रदेश २ को धनुषामा ११८, पर्सा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा १२, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जना संक्रमण पुष्टि भएकाे छ।
बागमती प्रदेशको काठमाडौंमा २ हजार १ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८ र नुवाकोटमा ७९ संक्रमित थपिएका छन्।
यता, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुलीमा ३० जनामा संक्रमण पुष्टि भएकाे छ।
गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वतमा २, म्याग्दीमा १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४ र पाल्पामा ७३ जनामा संक्रमण पुष्टि भएकाे छ।
यता, प्युठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्वमा ३, रुपन्देहीमा ४९५ र रोल्पामा ३१ जनामा संक्रमण पुष्टि भएकाे छ।
कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्लामा ३, दैलेखमा १, रुकुम पश्चिमा १, सल्यानमा १५ र सुर्खेतमा १८५ जनामा संक्रमण पुष्टि भएकाे छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटीमा ६२, दार्चुलामा २, बझाङमा १ र बैतडीमा ९ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयलेे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।