काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन (शनिबार) २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ हजार ९३७ संक्रमित थपिएका हुन्।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
याेसँगै काठमाडाैं उपत्यकामा काेराेना संक्रमितकाे संख्या १ लाख ६१ हजार १३७ पुगेकाे छ। जसमध्य ३० हजार १२४ सक्रिय संक्रमित रहेका छन् भने १ लाख २९ हजार ९१२ संक्रमित निकाे भइसकेका छन्।
मन्त्रालयका अनुसार १ हजार १०१ संक्रमितले ज्यान गुमाइसकेका छन्।
यता, ललितपुरमा २७ हजार ३२७ संक्रमित रहेका छन्। जसमध्य ७ हजार १०१ सक्रिय संक्रमित रहेका छन् भने १९ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, काेराेना संक्रमणबाट २९७ संक्रमितकाे मृत्यु भइसकेकाे छ।
भक्तपुरमा १६ हजार २५० संक्रमित रहेका छन् भने ५ हजार सक्रिय संक्रमित रहेका छन्। यस्तै, ११ हजार ३३ संक्रमणमुक्त भइसकेका छन् भने २१७ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।