काठमाडौं– नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टाको अवधिमा देशभर एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १७ हजार ९ सय ७१ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, सोही अवधिमा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
गत २४ घण्टाको अवधिमा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।