काठमाडाैं- गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पाेखराकाे विभिन्न अस्पतालमा उपचाररत् उनीहरुकाेशुक्रबार र शनिबार मृत्यु भएकाे हाे।
म्याग्दी बेनी ५ की ४५ वर्षीया महिलाले शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा ज्यान गुमाएकी छिन्। पर्वतको जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुषकाे पनि सोही अस्पतालमा मृत्यु भएकाे छ।
यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै तनहूँको भिमाद नगरपालिका ५ का २२ वर्षीया महिलाको शनिबार र स्याङजाकोको अर्जुनचौपारी १ का ७० वर्षीय पुरुषको उपचारकाे क्रममा मृत्यु भएकाे छ।
शुक्रबार मणिपाल शिक्षण अस्पतालमा तीन संक्रमितकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा कास्कीको पोखरा २ की ३९ वर्षीया महिला, पर्वतको कुश्मा १२ की ५२ वर्षीया महिला र पोखरा १४ का ५२ वर्षीय पुरुष रहेका छन्।
यस्तै गोरखाको शहीद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुष, पोखरा १४ का ४९ वर्षीया पुरुष, स्याङ्जाको वालिङ ६ का ७८ वर्षीय पुरुष, पोखरा १४ कै ४५ वर्षीय पुरुष, पर्वतको फलेबास ५ की ३२ वर्षीया महिला, कास्कीको पोखरा ८ का ४२ वर्षीय पुरुष, र पोखरा ३० का ५३ वर्षीय पुरुषकाे पनि साेही अस्पतालमा मृत्यु भएकाे छ।
यी मध्ये पोखरा ३० का पुरुषले घरमै ज्यान गुमाएका हुन् भने गोरखाका ४२ वर्षीय संक्रमितको गोरखा अस्पतालमै ज्यान गएको हो।
याेसँगै गण्डकीमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३५५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।