काठमाडौं- शुक्रबार हेलिकप्टरमार्फत् ७९ काेराेना संक्रमितकाे उद्धार गरिएकाे छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उपत्यका बाहिर र उपत्यकाबाट गरी ७९ संक्रमितकाे उद्धार गरिएकाे हाे।
आज २३ काेराेना संक्रमितलाई काठमाडौंबाट उद्धार गरेर उपत्यका बाहिर लगिएकाे थियाे।
यस्तै ५६ संक्रमितलाई उपत्यका बाहिरबाट हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएकाे प्राधिकरणले जनाएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।