फाइल तस्वीर
काठमाडौं- नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। यो दर कूल संक्रमितको ७४ दशमलब ५ प्रतिशत हो।
शुक्रबार थप ८ हजार ५२० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।