फाइल तस्वीर काठमाडौं- नेपालमा काेराेना महामारीकाे दाेस्राे लहर शुरु भएसँगै अक्सिन ग्यासको अभावमा ज्यान गुमाउनेकाे संख्या बढ्दै गएकाे छ। अक्सिजन थप माैज्दात नहुँदा अस्पतालहरुले समेत नयाँ बिरामी भर्ना गर्न छाडेका छन्।
यसैलाई मध्यनजर गर्दै एभरेष्ट ग्यास (एलपीजी) मालिक तथा एभरेष्ट ग्रुपले चीनबाट अक्सिजन सिलिण्डरसहित अक्सिजनसँग जोडिने सामान ल्याउने भएको छ।
ग्रुपमा अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट सानो ठूलो गरी ४ हजार ४ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउन लागेकाे जानकारीले दिएका हुन्।
उनका अनुसार सिलिण्डर जेठ ७ गते भित्र स्थलमार्गबाट नेपाल आइपुग्ने छ। १० लिटर क्षमताका २२ सय युनिट र ४० लिटर क्षमताका २२५० युनिट अक्सिजन सिलिण्डर ल्याउने लागिएकाे उनले बताए।
यसैगरी सोमबार हवाई मार्गबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिमिटर काठमाडौं आइपुग्ने बताए।
उनका अनुसार ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबार हवाई मार्गबाट काठमाडौं आइपुग्ने छ।
यसरी आएको सामान लागत मूल्यमा आफ्नो सामान खर्च राखेर अस्पतालहरुलाई बिक्री गरिने घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।