काठमाडाैं- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन थप २३ जनाको मृत्यु भएको छ। शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा २३ जनाको मृत्यु भएको हो।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पोखरा १५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
चरक मेमोरियलमा भर्ना भएका पोखरा ४ का ८२ वर्षीय बृद्धको मृत्यु भएको छ। यता, पोखरा १३ का ६० वर्षीय पोखरा २८ की ४८ वर्षीय महिलाकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।
पोखरा ३३ का ४० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।।यस्तै पोखरा १७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका २६ का ७७ वर्षीय महिला, पोखरा ३ का ७६ वर्षीय पुरुष, पोखरा १७ का ६३ वर्षीय पुरुष, पोखरा २५ का ४२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु छ।
कास्कीको रुपा गाउँपालिका १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका ६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका ३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ।
यता, स्याङ्जा गल्याङ नगरपालिका ३ का २६ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ।
बागलुङ बडिगाड गाउँपालिका ४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ ७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
तनहुँ भीमाद नगरपालिका ६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी ६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका ३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।