काठमाडौं- नेपालमा पछिल्लाे २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।
त्यस्तै साे अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।
पछिल्लाे २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।