काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन (शुक्रबार) ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ३४९ संक्रमित थपिएका हुन्।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ४५८ छन्। यस्तै, ललितपुरमा ५५६ र भक्तपुर जिल्लामा ३३५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडाैंमा याेसँगै काेराेना संक्रमितकाे संख्या १ लाख ५८ हजार ९९१ पुगेकाे छ भने सक्रिय संक्रमित ३० हजार ४५२ रहेका छन्।
यस्तै, १ लाख २७ हजार ४८४ जना संक्रमणमुक्त भएका छन्। काठमाडाैंमा संक्रमणबाट अहिलेसम्म एक हजार ०५५ जनाले ज्यान गुमाएका छन्।
यता, ललितपुरमा २६ हजार ८८३ संक्रमित पुगेका छन्। जसमध्य १९ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६१ सक्रिय संक्रमित रहेका छन्। यस्तै, ललितपुरमा २८३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
भक्तपुरमा १५ हजार ९०३ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्य १० हजार ८०३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६१ सक्रिय संक्रमित रहेका छन्।
अहिलेसम्म भक्तपुरमा २०९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।