कैलाली- सेती प्रादेशिक अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका १ जना, लम्कीचुहा नगरपालिकाका १ जना र कञ्चनपुरका ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५१ वर्षीय र ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ७३ वर्षीय पुरुष र लम्कीचुहाका–७ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षीय पुरुष र दार्चुलाको मार्मा गाउँपालिका–५ का ४० वर्षीय पुरुषको समेत सेतीमै उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।