• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अक्सिजन नपाए त कसरी बाँचिएला र ?

रिता लम्साल बिहीबार, वैशाख ३०, २०७८  २३:१०
1140x725

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रको गेटमै करिब २०/२५ वटा अक्सिजन सिलिण्डर लाइनमा राखिएको छ। ती सिलिण्डरहरु खाली छन्।

होम आइसोलेसन तथा अस्पतालमा रहेका कोरोना संक्रमितका आफन्तहरुले बालाजुको औद्योगिक क्षेत्रमा रहेको शंकर अक्सिजन ग्यास प्रालिमा अक्सिजन भर्न ती खाली सिलिण्डर ल्याएका हुन्।

घरमै आइसोलेसनमा रहेका र अस्पताल पुर्‍याइएका संक्रमित पनि अक्सिजनको सपोर्टमा छन् । अस्पताल पुर्‍याइए पनि अक्सिजनको जाहो आफैंले गर्नु भन्ने उर्दी छ। अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्ने भनेपछि बिरामीका आफन्तहरु अक्सिजनका लागि उद्योगमै लाइन लाग्न पुगेका छन् । 

खाली सिलिण्डर बोकेर उद्योगमै पुगे पनि सहजै अक्सिजन पाउने अवस्था भने छैन।  

‘दिदीलाई होम आइसोलेसनमा राखेको छु, मसँग २ वटा अक्सिजन सिलिण्डर छ, एउटा घरमा दिदीले अक्सिजन लिइरहनु भएको छ, अर्को यहाँ रिफिलिङको लागि लाइनमा राखेको छु,’ एकजना पुरुषले  भने, ‘घरमा रहेको अक्सिजन सिलिण्डर नसक्किदै यो सिलिण्डर भरेर घर पुर्‍याउनु छ, नत्र दिदीलाई जे पनि हुनसक्छ। अक्सिजन नपाए त  कसरी बाँचिएला र?’

Ncell 2
Ncell 2
nimb
nimb

उनले हिजो (बुधबार)सम्म अक्सिजन उद्योगले खाली सिलिण्डर लिएर आउनेहरुलाई सहज रुपमा अक्सिजन दिए पनि आज (बिहीबार)बाट भने अक्सिजन लिन घण्टौ लाइन बस्नुपरेको सुनाए ।

औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्धारमा मानिसहरु अक्सिजन पाउने आस मा खाली सिलिण्डर लिएर लाइनमा बसेका छन् । खाली सिलिण्डर लिएर आउनेहरुको संख्या थपिँदो छ।

‘२ घण्टा भइसक्यो पालो कुरेको, भित्र अक्सिजन लिनै बोलाउँदैनन्, लौ न हजुर भित्र तपाईंहरु गएर किन ढिला भयो बुझिदिनुस् न,’ नेपाल लाइभकर्मी पुग्दा खाली सिलिण्डर बोकेर लाइन बसेका अर्का एक व्यक्तिले भने । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ट्याक्सीमा अक्सिजन सिलिण्डर झारेर दुईजना युवाले लाइनको अन्तिममा अक्सिजन सिलिण्डर राखे । ती युवाका अनुसार उनका आफन्त अल्का अस्पतालको आईसीयूमा उपचाररत छन्।

अस्पतालले कि अरु नै अस्पतालमा लैजानु कि अक्सिजन आफैं व्यवस्थापन गर्नु भनेपछि उनीहरु आफन्तलाई बचाउन अक्सिजन उद्योगमा अक्सिजन लिन धाइरहेका छन्।

‘अल्का अस्पतालको आईसीयूमा आफन्त हुनुहुन्छ, अस्पतालले अक्सिजन आफैं ल्याउनु भनेको छ,’ ती युवाले  चिन्तित हुँदै भने, ‘यहाँ त लाइन रहेछ, अक्सिजन कुनबेला भर्न पाइन्छ, थाहा छैन।’

हामी औद्योगिक क्षेत्रबाट भित्र प्रवेश गरी शंकर अक्सिजन ग्यास प्रालितर्फ लाग्यौं । अक्सिजन उद्योग परिसरमा करिब ३ बजे पुग्दा त्यहाँ प्रवेशद्वारमा भन्दा पनि धेरै ठूलो भिडभाड र अक्सिजन सिलिण्डरको लाम थियो ।

२० भन्दा बढी अस्पतालका सवारीसाधन खाली सिलिण्डर लिएर अक्सिजन भर्ने पालो कुरेर बसेका थिए ।

अक्सिजन उद्योगभित्र पनि होम आइसोलेसन तथा अस्पतालमै रहेका कोरोना संक्रमितका आफन्तहरु अक्सिजन पाउने आसमा बसेका थिए ।

कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नु अनिवार्य हुन्छ । तर, अक्सिजन उद्योग परिसरमा सामाजिक दुरी कायम गरी आफू कसरी जोखिने भन्नेतर्फ कसैको ध्यान थिएन। सबैजना अक्सिजन प्लान्टमा खाली सिलिण्डर सिफिलिङका लागि कहिले पालो आउला भन्ने चिन्तामै थिए । 

उद्योगमा अक्सिजन लिन पुग्ने अस्पतालहरुका कर्मचारी र संक्रमतिका आफन्तहरुको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको थियो।

उद्योगका कर्मचारीले अक्सिजन प्लान्टबाट अक्सिजन रिफिलिङ गर्न खाली सिलिण्डर भित्र लैजान गेट खोल्ने वित्तिकै बिरामीका आफन्त तथा अस्पतालबाट अक्सिजन लिन पुग्नेहरु ठेलमठेल गर्दै सकिनसकी अक्सिजन सिलिण्डर घिसार्दै थिए ।

‘अस्पतलमा बिरामीलाई दिएको अक्सिजन सकिन लागिसक्यो, छिटो अक्सिजन ल्याउनुस् भनेर अस्पतालबाट फोन आइसक्यो,’ एकजना महिलाले भनिन्, ‘यहाँ बिहानैदेखि पालो कुरेर बसेको छु, अझै अक्सिजन भर्न पाएको छैन।’

‘अस्पतालबाट अक्सिजन सकिन लाग्यो भनेर १० पटक फोन आइसक्यो, बिहान ७ बजेदेखि अक्सिजन भर्न खाली सिलिण्डर लिएर आएको, १ बजेसम्म पनि पालो आएन,’ अक्सिजन लिन पुगेका एक अस्पतालका कर्मचारीले भने, ‘अब अस्पतालमा दुई घण्टालाई मात्र पुग्ने अक्सिजन बाँकी छ भन्ने खबर आइसक्यो, यहाँ पालो नै आउलाजस्तो छैन।’

उद्योग परिसरमा दिउँसो ३ बजेसम्ममा २० भन्दा बढी ट्रकहरु अक्सिजन भर्ने पालो कुरेर बसेका थिए । 

शंकर अक्सिजन उद्योगका एक कर्मचारीका अनुसार ३ वटा अक्सिजन प्लान्ट रहेको उद्योगमा अहिले एउटा प्लान्ट विग्रिएको छ। दुईवटा मात्र प्लान्टले अक्सिजन सिफिलिङ गर्दा हरेक ४५ मिनेटमा ३३ वटा मात्र सिलिण्डर रिफिलिङ गर्न सकिन्छ । तर, अस्पताल परिसरमा ५ सयभन्दा बढी खाली अक्सिजन सिलिण्डर भर्न अस्पतालका कर्मचारी तथा कोरोना संक्रमतिका आफन्तहरु पालो कुरेर बसिररहेका छन्।

‘एउटा प्लान्ट बिग्रेको छ, दुईवटाले ४५ मिनेटमा ३३ वटा मात्र सिलिण्डर रिफिलिङ हुन्छ,’ उद्योगका एक कर्मचारीले भने, ‘२४ घण्टा नै सञ्चालन गर्दा पनि धान्न मुस्किल परिरहेको छ।’


तस्वीरहरु– निमेष जंग राई
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्