काठमाडाैं- युथ कांग्रेस नेपालले काेराेना संक्रमित भएकाहरुकाे सहायताकाे लागि 'काेभिड केयर नेपाल' (Covid Care Nepal) एप्लिकेसन सार्बजनिक गरेकाे छ।
एप्लिकेसनमा देशैभरका कोभिड अस्पतालबारे जानकारी पाउन सकिने युथ कांग्रेस नेपालका केन्द्रीय सदस्य विद्युत लामिछानेले जानकारी दिए।
यस्तै आफूलाई पायक पर्ने अस्पताल पत्ता लगाई एप्लिकेसनमार्फत् सिधै सम्पर्क गर्न सकिनेछ।
एप्लिकेसनमा देशैभरका एम्बुलेन्स र चालकका सम्पर्क नम्बर राखिएका छन्। साथै आपतकालीन अवस्थाका लागि नजिकैका आइसोलेसन सेन्टर तथा बफर जोनहरु पत्ता लगाउन सहयोग हुने उनले जानकारी दिए।
होम आइसोलेसनमा रहेका बिरामीहरूको लागि कोभिडसम्बन्धी समस्याबारे डाक्टरहरूसँग परामर्श लिनसक्ने व्यवस्था एप्लिकेसनमा मिलाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।