काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बेड सञ्चालन गरिरहेका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अक्सिजन अभाव र आपूर्ति प्रक्रिया थप जटिल भएको भन्दै आजको मितिदेखि १५ दिनभित्र अक्सिजन प्लान जडान गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ।
मन्त्रालयले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णानुसार अक्सिजन प्लान्टका लागि भन्सार छुट हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।