काठमाडौं– प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबारदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ।
संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले शुक्रबारदेखि खोप लगाइने जनाएको छ। सभामुख, अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई शुक्रबारदेखि अन्तर्राट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) परिसरमा खोप लगाइने सूचनामा उल्लेख छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिव लगायत कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाइएको छ।
खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।