काठमाडाैं- कोरोना भाइरसकाे दाेस्राे लहरसँग जुधिरहेकाे नेपाललाई अमेरिकाले थप ३२ करोड ४३ लाख सहयोग गर्ने भएको छ।
अमेरिकी इन्डो–प्यासेफिक कमान्डले अक्सिजन प्लान्ट, सिलिण्डर तथा भण्डार ट्यांकहरुलगायतका स्वास्थ्य सामग्री खरिद गर्न मात्रै थप २७ लाख ५० हजार डलर सहयोगको घोषणा गरिएकाे छ।
सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको छ।
'नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत छ,' काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।