काठमाडौं– कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव बढिरहेको अवस्थामा निर्माणाधीन तथा निर्माण सम्पन भइ सञ्चालनमा रहेका जलविद्युत आयोजनासँग भएका अक्सिजन सिलिण्डर समेत संकलन गर्न थालिएको छ।
विद्युत विकास विभागले सञ्चालनमा रहेका निर्माणाधीन अवस्थामा रहेका सबै जलिविद्युत आयोजनालाई पत्र लेख्दे खाली तथा अक्सिजनसहितका सिलिण्डरहरु मेडिकल प्रयोजनका लागि उपलब्ध गराउन भनेको छ। विभागले मर्मत गरी प्रयोगमा ल्याउन सकिने सिलिण्डरहरु समेत उपलब्ध गराउन भनेको छ।
विभागले बिहीबार सञ्चालनमा रहेका तथा निर्माणाधीन सम्पूर्ण जलविद्युत् आयोजनाका प्रवर्द्धकहरुलाई पत्र लेखी यस्तो अपिल गरेको हो।
सिलिण्डरसम्बन्धी विवरण विभागलाई एसएमएस वा इमेल गरी जानकारी दिन पनि विभागले आग्रह गरेको छ।
विभागले जलिविद्युत आयोजनासँग रहेका सिलिण्डरहरुको विवरण प्राप्त भएपछि आयोजनास्थल रहेका जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइनुका साथै वेबसाइटमार्फत समेत विवरण सार्वजनिक गरिने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।