काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह-संस्थापक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ।
पारिवारिक स्राेतका अनुसार उपचारकाे क्रममा उनकाे बिहीबार मेडिसिटीमा निधन भएकाे हाे। उनलाई वैशाख १५ मा परीक्षण गर्दा काेराेना देखिएकाे थियाे।
दुई सात देखि उपचारमा रहेका जलानकाे ४६ वर्षकाे उमेरमा निधन भएकाे हाे । संक्रमणछि उपचार गरिरहेका जलानलाई बीचमा सन्चो भएर घर फर्किएका थिए ।
तर, संक्रमणले पुनः च्यापेपछि मेटिसिटी अस्पतालमा भर्ना भएका थिए।
जलान वर्ल्डलिंकका तीन जना संस्थापकमध्ये एक हुन । उनका श्रीमती र एक छोरा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।