काठमाडौं– कोभिड–१९ संक्रमणबाट पाकिस्तानमा हालसम्म २०२ चिकित्सकको मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले जानकारी दिएको छ।
मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायत रहेको पीएमएले जनाएको छ। चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ।
पीएमएले कोरोनाभाइरसबाट निधन भएका चिकित्सकको परिवारलाई क्षतिपूर्ति ‘सुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानीे अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ।
मृतकमध्ये ७४ चिकित्सक पञ्जाब राज्यका थिए भने ६४ सिन्धका थिए । त्यसैगरी, ५३ जना खैबर पख्तुंख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मिर (पीओके) का तथा एक गिलगित–बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।