काठामाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपकाे दाेस्राे मात्रा लगाउने मिति सार्वजनिक गरेकाे छ।
मन्त्रालयले वैशाख २२ गतेको निर्णय अनुसार पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने गरी मिति सार्वजनिक गरेकाे हाे।
यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन्। यसअघि मन्त्रालयले वैशाख १५ मा अत्याधिक भिडभाड बढेकाे भन्दै केही समयका लागि खोप लगाउने काम स्थगित गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।