फाइल तस्वीर काठमाडौं- सीता अक्सिजन उद्याेगले दैनिक ३ हजार सिलिण्डर ग्यास उत्पादन गर्ने गरी क्षमता विस्तार गर्ने भएको छ।
दैनिक १२ सय क्षमताको प्लान्ट भएपनि उद्योगले अहिले दैनिक ७ सयदेखि ८ सय सिलिन्डर उत्पादन गरिरहेको छ।
उद्योगको क्षमता विस्ताका लागि आवश्यक प्लान्ट निर्माणका लागि सामान भारतबाट आउने क्रममा रहेको सञ्चालक प्रलाद तिमल्सिनाले बताए।
‘सामान १/२ दिनमा बोर्डरमा आइपुग्छ,’ उनले भने,‘प्लान्ट जडानका लागि आवश्यक फाउन्डेस बनाउने काम भएसकेका र साना आउने साथ जडानको काम हुन्छ।’
तर, जडानका लागि आवश्यक जनशक्ति भने कसरी व्यवस्थापन गर्ने भने विषय अहिले जटिल भएको उनको तर्क छ। काेराेना माहामारीकै कारण सामान्य एउटा डिलिङ रड तथा पाइप पनि पाउन सक्ने अवस्था नभएकाे उनले बताए।
‘सामान्य अवस्थामा भएको भए १५ देखि २० दिनमा सबै काम सकेर प्लान्ट सञ्चालनमा ल्याउन सकिन्थो’, उनले भने, समयअलि फरक छ । तोकेको समयमा काम नहुन सक्छ। हामीले कम्तिमा एक महिनामा प्लान्ट जडानको काम सकेर उत्पादन सुरु गर्ने लक्ष्य लिएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।